बडादशैंका लागि नवदुर्गा मन्दिरमा भित्र्याइयो खम्ये   « Khabarhub

बडादशैंका लागि नवदुर्गा मन्दिरमा भित्र्याइयो खम्ये  


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको बडादशैंका लागि नवदुर्गा मन्दिरमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपले अत्यन्त महत्त्वपूर्ण मानिने खम्ये (राँगो) भित्र्याइएको छ ।

महानवमीको राति ब्रह्मायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धि प्राप्तिका लागि बलि खम्ये ल्याइएको हो । खम्ये ठूलो, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ र कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको र शरीरमा सात चक्र भएको हुनुपर्छ ।

त्यसैगरी उमेर नपुगेको वा उमेर बढी भएको खम्ये पनि अयोग्य हुने देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल वनमालाले जानकारी दिए । 

महिषासुर राक्षसको प्रतीक खम्येलाई महानवमीसम्म भक्तपुर नगरपालिका–९ गछेंस्थित नवदुर्गा देवीको द्यछें (देवगृह)भित्र राखेर पाल्ने परम्परा छ । 

विधिवत रूपमा नवदुर्गा द्यछें भित्र्याइएको खम्येलाई महानवमीको साँझ ब्रह्मायणीमा लैजान मात्र बाहिर निकाल्ने गरिन्छ । सो दिन खम्येलाई शरीरभरि तेल लगाएर अबिर छरी दौडाएर ब्रह्मायणी पीठ पुर्‍याउने गरिन्छ ।

नवदुर्गालाई खम्ये चढाए परिवारमा सुखशान्ति प्राप्ति हुने र परिवारका शत्रु नाश हुन्छ भन्ने जनविश्वास छ । सोही मान्यतानुरुप नवदुर्गालाई खम्ये चढाउने भक्तजनको सङ्ख्या वृद्धि हुन थालेपछि आलोपालो खम्ये चढाउन पाउने व्यवस्था गरिएको वनमालाले बताए । 

खम्येलाई दौडाएर ब्रह्मायणी पुर्‍याउने परम्परालाई स्थानीय भाषामा खम्ये व्वाकेगु जात्रा अर्थात् राँगो दौडाउने जात्रा भनिन्छ जुन विजयादशमीका अवसरमा भक्तपुरमा मनाइने एक महत्त्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ ।

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा आउने हुँदा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोकमान्यतानुरुप सो दिन खम्ये बलिपूजा गरी जात्रा मनाइने परम्परा रहेको संस्कृतिविद्को भनाइ छ ।

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : ४३ बजे

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको