पर्वतका ८६ सडक स्तरोन्नति हुँदै « Khabarhub

पर्वतका ८६ सडक स्तरोन्नति हुँदै


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्वत– सङ्घीय सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ९६ करोड रुपैयाँभन्दा बढीको लागतमा ८६ सडक स्तरोन्नति गर्ने भएका छन् ।  जिल्लाका ग्रामीण सडक सुधारमा उक्त रकम गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत खर्च गरिने छ । 

सडक स्तरोन्नति पनि सोही मन्त्रालयको समन्वयमा हुनेछ । प्रदेश सरकारले  ६३ करोड ५७ लाख र स्थानीय विकास मन्त्रालयले ३३ करोड रुपैयाँ प्रदान गर्ने यहाँस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।

गत वर्षको तुलनामा आयोजना र बजेट घटेको छ । यो वर्ष १९ करोड ४५ रुपैयाँ बजेट घटेको छभने ५० वटा आयोजना  कम  छन् । विगतदेखि सञ्चालनमा रहेका  छ वटा बहुवर्षीय  योजनालाई स्रोत सुनिश्चित भएको छ । 

यसैगरी, दक्षिण पर्वतको पैँयू गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलका लागि ५१ लख ४० हजार रुपैयाँ र मिलनचोक–सल्ल्यान–घाखेत सडकका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो सडक विगत चार वर्षदेखि गति लिन सकेको छैन । 

बस्ती विकास कार्यक्रमअन्तर्गत सङ्घ सशर्त अनुदानबाट पाँच वटा सडकका लागि दुई करोड ७५ लाख रुपैयाँ विनियोजन भई कार्यान्वयन गर्न सुरु गरिएको छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ११ : ३० बजे

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।