गुणस्तरहीन वस्तु बेचेको अभियोगमा ४३ जना विरुद्ध मुद्दा दायर « Khabarhub

गुणस्तरहीन वस्तु बेचेको अभियोगमा ४३ जना विरुद्ध मुद्दा दायर


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वाग्मती– गुणस्तरहीन खाद्यान्न उत्पादन एवं बिक्री गरेको अभियोगमा बारा र पर्साका ४३ उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मुद्दा दायर गरेको छ । 

आर्थिक वर्ष २०८१/८२ मा बारा र पर्साका ४३ जना व्यवसायीविरुद्ध जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा दायर गरेको हो ।

कार्यालय प्रमुख सुरेशकुमार सिंहका अनुसार पाँच जना व्यवसायीविरुद्ध जिल्ला अदालत बारा र एक जना व्यवसायीविरुद्ध जिल्ला अदालत पर्सामा खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ । 

उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बाराका २६ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा र पर्साका दुई जना व्यापारीविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दायर  गरेको थियो ।

तेल तथा घ्यूजन्य पदार्थ उत्पादन गर्ने २४, खाद्यान्न, दलहन तथा सोबाट बनेको पदार्थका पाँच, फलफूल तथा सागपात तर्फका दुई, ‘कन्फेक्सनरी’ एक, गुलियो पदार्थका पाँच, दूध र दूधजन्य पदार्थका चार जना र दाना पदार्थका दुई उद्योगविरुद्ध मुद्दा दायर गरिएको हो । 

खाद्य स्वच्छताका लागि आव २०८१/८२ मा ५६ वटा होटल तथा रेष्टुरेन्ट तथा आठवटा हाटबजार मेला महोत्सवमा अनुगमन गरिएको उक्त कार्यालयले जनाएको छ । अनुगमनका क्रममा म्याद समाप्त भएका, लेबल विवरण नभएका, सडेगलेका तथा अखाद्य वस्तु जफत गरिएको थियो । रासस

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ११ : ३२ बजे

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।