काभ्रेका पशुचौपायामा ‘लम्पी स्किन’ सङ्क्रमण « Khabarhub

काभ्रेका पशुचौपायामा ‘लम्पी स्किन’ सङ्क्रमण


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– बनेपा नगरको केही वडामा पशुचौपायामा ‘लम्पी–स्किन’को सङ्क्रमण देखिएको छ । वडा नं १२ र १४ का केही दुधालु पशुमा देखिएको सङ्क्रमण पुष्टि भएको पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

जिल्लाको धुलिखेल, पाँचखाल तथा मण्डनदेउपुरमा समेत सङ्क्रमण देखिएको र परीक्षणका लागि प्रयोगशाला पठाउन नमूना संकलन भइरहेको जनाइएको छ । 

कार्यालयका प्राविधिक तारामान तामाङकाअनुसार विगत छ महिनादेखि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक दुई जिल्लाका २५ स्थानीय तहका पशुमा लम्पी–स्किनविरुद्धको खोप लगाइएको छ भने भदौ पहलिो हप्ता सप्ताहब्यापी चेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । 

बनेपाको ११ नं वडामा एक र १२ नं वडाको एक गाईमा लम्पी–स्किन सङ्क्रमण परीक्षण गर्दा पुष्टी भएको नगर पशु सेवा शाखा प्रमुख चिरन्जिवी शर्माले बताए। उनका अनुसार ती दुई स्थानका पशुमा लम्पी–स्किन सङ्क्रमण पुष्टी भएलगत्तै त्यस क्षेत्र वरिपरिका गाई–भैंसीमा दोहोर्‍याएर खोप लगाइसकिएको छ । छ महिनाको अवधिमा बनेपा नगरको १६ हजार पशुमा लम्पी–स्किनविरुद्धको खोप लगाइएको शर्माले बताए । 

जिल्लास्थित पश् सेवा कार्यालयका अनुसार गत वर्ष काभ्रेपलाञ्चोकमा लम्पी–स्किन सङ्क्रमित २८ हजार ६५६ पशुमध्ये एक हजार २७४ पशु मरेका थिए । जिल्लाको १३ स्थानीय तहमध्ये केही तहले पशु मरेका किसानलाई राहत प्रदान गरेका थिए । 

नेपालमा विसं २०७७ साउनमा मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो । त्यसपश्चात नेपालका सात वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको जनाइएको छ । 

डा प्रकाश अधिकारीका अनुसार यो रोगको सङ्क्रमण भएको लैनो गाईभैँसीमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घट्ने गर्दछ । गाईभैँसीमा यो रोग देखापरेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको कडा गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्याधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोड सुनिने लक्षण देखा पर्ने र अन्त्यमा मृत्यु हुने हुन्छ । 

यस्तै लम्पी स्किन रोग लगाउने भाइरस गोठको वातावरणमा लामो समयसम्म जीवित रहन्छ । यो रोग लागेर मरेका पशुको उचित तरिकाले गाड्ने वा जलाउने कार्य छिटोभन्दा छिटो गर्नुपर्दछ । लामखुट्टे, किर्ना र भुसुनाजस्ता कीराले यो रोगको  जिवाणु रोगी पशुबाट स्वस्थ पशुमा सर्ने गर्छन् । 

वर्षात्को मौसममा बढी देखिने यो रोग रोगी पशुको सिङ्गान, दूध र घाउबाट निस्केको पीप, रगतजस्ता जैविक रसको प्रत्यक्ष संसर्गबाट सर्नसक्छ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १ : ५२ बजे

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा