नेपालको सीमाबाट तीन ‘आतङ्ककारी’ बिहार प्रवेश गरेको भारतीय सञ्चारमाध्यमको दाबी « Khabarhub

नेपालको सीमाबाट तीन ‘आतङ्ककारी’ बिहार प्रवेश गरेको भारतीय सञ्चारमाध्यमको दाबी


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय सञ्चार माध्यमले नेपाली सीमाबाट भारतको बिहार राज्यमा तीन जना आतङ्ककारी प्रवेश गरेको दाबी गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार नेपालको सीमाबाट पाकिस्तानमा आधारित आतङ्ककारी संगठन जैश ए मोहम्मदका तीन जना सदस्य बिहार प्रवेश गरेका हुन् ।

बिहार राज्यको प्रहरीलाई उद्धृत गर्दै भारतीय माध्यमले दाबी गरेअनुसार नेपालको सीमाबाट रावलपिण्डीका हसनैन अली, उमरकोटका आदिल हुसैन र बहावलपुरका मोहम्मद उस्मान बिहार प्रवेश गरेका हुन् । जागरणले उनीहरू अगस्तको दोस्रो हप्तामा काठमाडौं पुगेका थिए र गत हप्ता बिहारमा प्रवेश गरेको दाबी गरेको छ ।

नेपालको सीमा हुँदै तीन आतङ्कवादीहरू बिहारको सीमामा प्रवेश गरेको भनिएको विषयमा राज्य प्रहरी मुख्यालयले सीमावर्ती जिल्लामा उच्च सतर्कता जारी गरेको छ । नेपालसँग सीमा जोडिएका क्षेत्रमा सीसीटीभी क्यामेराको अनुगमन गरिएको छ ।

नेपालसँग सीमा जोडिएको पूर्णिया जिल्लाका डीआईजी प्रमोद कुमार मण्डलले बताएअनुसार राज्य प्रहरी मुख्यालयको निर्देशनअनुसार सीमावर्ती क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ । बिहार प्रहरीले तीनै जनाको तस्बिरहरू पनि सार्वजनिक गरेको छ ।

बिहार राज्यमा आगामी अक्टोबर–नोभेम्बर महिनामा विधानसभा चुनाव आयोजना हुँदैछ । नेपाली सीमाबाट आतङ्ककारी प्रवेश गरेको भन्दै भारतीय सञ्चार माध्यममा आएका समाचारलाई विधानसभा चुनावसँग जोडेर पनि हेरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  २ : ३४ बजे

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ

घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा– दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक