नेपालको सीमाबाट तीन ‘आतङ्ककारी’ बिहार प्रवेश गरेको भारतीय सञ्चारमाध्यमको दाबी « Khabarhub

नेपालको सीमाबाट तीन ‘आतङ्ककारी’ बिहार प्रवेश गरेको भारतीय सञ्चारमाध्यमको दाबी


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय सञ्चार माध्यमले नेपाली सीमाबाट भारतको बिहार राज्यमा तीन जना आतङ्ककारी प्रवेश गरेको दाबी गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार नेपालको सीमाबाट पाकिस्तानमा आधारित आतङ्ककारी संगठन जैश ए मोहम्मदका तीन जना सदस्य बिहार प्रवेश गरेका हुन् ।

बिहार राज्यको प्रहरीलाई उद्धृत गर्दै भारतीय माध्यमले दाबी गरेअनुसार नेपालको सीमाबाट रावलपिण्डीका हसनैन अली, उमरकोटका आदिल हुसैन र बहावलपुरका मोहम्मद उस्मान बिहार प्रवेश गरेका हुन् । जागरणले उनीहरू अगस्तको दोस्रो हप्तामा काठमाडौं पुगेका थिए र गत हप्ता बिहारमा प्रवेश गरेको दाबी गरेको छ ।

नेपालको सीमा हुँदै तीन आतङ्कवादीहरू बिहारको सीमामा प्रवेश गरेको भनिएको विषयमा राज्य प्रहरी मुख्यालयले सीमावर्ती जिल्लामा उच्च सतर्कता जारी गरेको छ । नेपालसँग सीमा जोडिएका क्षेत्रमा सीसीटीभी क्यामेराको अनुगमन गरिएको छ ।

नेपालसँग सीमा जोडिएको पूर्णिया जिल्लाका डीआईजी प्रमोद कुमार मण्डलले बताएअनुसार राज्य प्रहरी मुख्यालयको निर्देशनअनुसार सीमावर्ती क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ । बिहार प्रहरीले तीनै जनाको तस्बिरहरू पनि सार्वजनिक गरेको छ ।

बिहार राज्यमा आगामी अक्टोबर–नोभेम्बर महिनामा विधानसभा चुनाव आयोजना हुँदैछ । नेपाली सीमाबाट आतङ्ककारी प्रवेश गरेको भन्दै भारतीय सञ्चार माध्यममा आएका समाचारलाई विधानसभा चुनावसँग जोडेर पनि हेरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  २ : ३४ बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन