भक्तपुर जिल्ला अदालतबाट आशिका तामाङले पाइन् सफाइ | Khabarhub Khabarhub

भक्तपुर जिल्ला अदालतबाट आशिका तामाङले पाइन् सफाइ


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- जिल्ला अदालत सामाजिक अभियन्ताका रुपमा परिचित आशिका तामाङलाई सफाइ दिएको छ ।

भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तरेको २० लिने नियमको विरोध गरेको आरोपमा मुद्दा खेपेपकी उनलाई बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईले सफाइ दिएका हुन् ।

पुलमा रकम उठाएको विरोध गर्दै रसिद बुक च्यातिदिएपछि पक्राउ परेकी उनलाई प्रहरीले आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा चलाएको थियो ।

उक्त कसुरको मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालत भक्तपुरका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले आशिकालाई २०८१ माघ १८ गते २० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उक्त मुद्दाको अन्तिम फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश भट्टराईले आशिकालाई सफाइ दिने फैसला सुनाएका हुन् ।

उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो ।

आशिकाले २०८१ असोज ४ गते सूर्यविनायक नगरपालिका–९ बाट वडा नं. १० मा जाने झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् ।

उनले त्यसपछि साँगाको झोलुङ्गे पुल तर्दा लिइने २० रुपैयाँ शुल्कको रसिद बुक पनि जलाइदिएकी थिइन् । त्यसपछि आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो ।

प्रहरी वृत्त गौशालामा अभद्र व्यवहारको कसुरमा मुद्दा खेपेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाएर मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ३ : १७ बजे

अमेरिकासँगको तनावबीच मोदी जापान जाने, समकक्षी इसिबासँग भेट गर्ने

नयाँ दिल्ली- जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया

काठमाडौं– आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास

वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

मलेखु– कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका-६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७

चीन जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन