आशिका तामाङलाई पाँच दिन कैद, पाँच सय रुपैयाँ जरिवाना** « Khabarhub

आशिका तामाङलाई पाँच दिन कैद, पाँच सय रुपैयाँ जरिवाना**


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिन कैद सजाय र ५ सय रुपैयाँ जरिवाना गराउने फैसला सुनाएको छ ।

भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको थियो ।

आशिकाले शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएकी थिइन् । बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले उनलाई कैद र जरिवाना सुनाएको हो ।

उनलाई ८ हजार ३ सय रूपैयाँ जाहेरवालालाई क्षतिपूर्ति भर्न पनि फैसला भएको छ । यस्तै, पीडित राहतकोषमा दुई-दुई सय बुझाउनुपर्ने भएकाे छ।

पुलमा रकम उठाएको विरोध गर्दै रसिद बुक च्यातिदिएपछि पक्राउ परेकी उनलाई प्रहरीले आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा चलाएको थियो ।

उक्त कसुरको मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालत भक्तपुरका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले आशिकालाई २०८१ माघ १८ गते २० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो ।

आशिकाले २०८१ असोज ४ गते सूर्यविनायक नगरपालिका–९ बाट वडा नं. १० मा जाने झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् ।

उनले त्यसपछि साँगाको झोलुङ्गे पुल तर्दा लिइने २० रुपैयाँ शुल्कको रसिद बुक पनि जलाइदिएकी थिइन् । त्यसपछि आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो ।

प्रहरी वृत्त गौशालामा अभद्र व्यवहारको कसुरमा मुद्दा खेपेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाएर मुद्दा चलाइएको थियो ।

सच्याइएको** : यसै समाचारमा आशिका तामाङलाई अदालतले सफाइ दिएको व्यहोरासहितको समाचार प्रकाशित हुन पुगेकामा क्षमायाचनासहित सच्याएका छौँ । -सम्पादक

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ३ : १७ बजे

कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी

विद्युत् चुहावट हुँदा बुढानिलकण्ठमा आगलागी

काठमाडौं– काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण

प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार दृढ छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

गलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिन मात्र बाँकी रहँदा