तलबभत्ता लिने सांसदविरुद्ध इन्डोनेशियामा प्रदर्शन « Khabarhub

तलबभत्ता लिने सांसदविरुद्ध इन्डोनेशियामा प्रदर्शन


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सांसद्‌हरूले आफ्नो तलबभत्ता बढाउन खोजेको भन्दै इन्डोनेशियाको संसद्‌ भवन अगाडि ठूलो प्रदर्शन भएको छ ।

राजधानी जकार्तास्थित संसद्‌ भवनअघि भेला भएका सयौँ प्रदर्शनकारीहरूले तलब र भत्ता बुझिरहेका सांसदहरूको विरोध गरिरहेका छन्‌ ।

प्रदर्शनकारीहरूले सांसदले आफ्नो भत्ता बढाउने प्रयास गरिरहेको, तर मजदुरको तलब बढाउन राखिएको माग नजरअन्दाज गरेकोप्रति असन्तोष व्यक्त गरेका छन्‌ ।

सांसदको तलबभत्ता मामिलामा एक सातामै दोस्रो ठूलो प्रदर्शन भएको हो । यो प्रदर्शनले राष्ट्रपति प्रबोवो सुबियान्तो नेतृत्वको सरकारप्रति असन्तोष चुलिएको देखाएको छ । सुबियान्तोले कार्यकाल सुरु गरेको एक वर्ष पनि पूरा भएको छैन ।

प्रदर्शनकारीहरूले सांसदले पाइरहेको तलबभत्ता र सुविधा आवश्यकताभन्दा बढी भएको, तर देशमा तलबवृद्धि नगरिएको बताएका छन्‌ ।

यो प्रदर्शनको सुरुवात मजदुर सङ्गठनले सुरु गरेको थियो र उनीहरूले न्यूनतम तलब बढाउन तथा कर कम गर्न माग राखेका छन्‌ ।

मजदुरले थालेको प्रदर्शनमा विद्यार्थीहरू पनि सहभागी हुँदैछन्‌ । उनीहरूले राजनेताहरूको आलीशान जीवनशैलीप्रति आक्रोश व्यक्त गरिरहेका छन्‌ ।

प्रदर्शन आफ्नो नियन्त्रणमा राख्न इन्डोनेशियाको सरकारले जकार्तामा मात्रै चार हजारभन्दा बढी प्रहरी तैनाथ गरेको छ ।

गत सोमबार प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरी भीड तितरबितर पारेको थियो । एकैदिन ३०० भन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ४ : ३९ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग