साढे पाँच दशकदेखि हलचोक आकाश भैरवको मुकुट रंगाइरहेका तेजबहादुर « Khabarhub

साढे पाँच दशकदेखि हलचोक आकाश भैरवको मुकुट रंगाइरहेका तेजबहादुर


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेजबहादुर चित्रकार अहिले ८७ वर्षका भए । उनले विगत ५४ वर्षदेखि हलचोक आकाश भैरवको ख्वापा (मुकुट) रंग्याउने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

यो काम उनको परिवारले पुस्तौंदेखि गर्दै आएको हो । उनले थाहा पाएसम्म हलचोकबाट इन्द्र जात्रामा आउने आकाश भैरव, चण्डी कुमार र चण्डी कुमारीको मुकुट सिँगार्न थालेको ५ पुस्ता भइसकेको छ ।

अहिले पनि कुशे औंसीको भोलिपल्टदेखि ११ दिनपछि आउने एकादशीको दिनसम्म उनको पूरा दिन त्यही मुकुट सिँगार्दै बित्ने गर्छ । इन्द्रजात्रामा हलचोक आकाश भैरवको नाचलाई प्रमुख नाचमध्ये एक मानिन्छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ५ : ०० बजे

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

काठमाडौं– रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त

रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको ड्रोन खसालिएको दाबी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पु्टिनको निवासलाई लक्षित गरेको ड्रोनलाई रूसी

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ– स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर