अमेरिकासँगको तनावबीच मोदी जापान जाने, समकक्षी इसिबासँग भेट गर्ने « Khabarhub

अमेरिकासँगको तनावबीच मोदी जापान जाने, समकक्षी इसिबासँग भेट गर्ने


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच पनि क्वाडको महत्त्वलाई जोड दिँदै प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी शिगेरु इसिबाबीच टोकियोमा हुने भेटवार्तामा क्वाड प्रमुख एजेन्डा बन्ने सम्भावना रहेको बताएका छन् ।

उनले भने, “क्वाड चार समान विचारधारा भएका देशहरूको समूह हो जसले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न ठोस प्रस्तावहरू अघि सारेको छ । भारत र जापानजस्ता दुई प्रमुख नेताहरू भेट्दा उहाँहरूले भू–राजनीतिक र भू–आर्थिक विषयहरूमा व्यापक छलफल गर्नुहुनेछ्, जसमा क्वाडको मुद्दा अवश्यै उठ्नेछ ।”

अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत करबारे सोधिएको प्रश्नमा जर्जले भारत र जापान दुवै क्वाड सदस्य भएकाले वर्तमान भू–राजनीतिक तथा भू–आर्थिक अवस्थाबारे छलफल हुने स्पष्ट पारे ।

उनले भने, “यी सबै विषयहरू वार्तामा उठ्नेछन् र भारतले अमेरिकासँगको सम्बन्धमा चुनौती भए पनि क्वाडलाई निरन्तर अगाडि बढाउनेछ ।”

उनले स्मरण गरे, “क्वाड सन् २००४ को सुनामीपछि सुरु भएको हो र अहिले शिखर सम्मेलनदेखि विदेशमन्त्रीहरूको बैठकसम्म सक्रिय बनेको छ । यसको एजेन्डा ठोस र सकारात्मक छ, त्यसैले भारत यसलाई अघि बढाउन प्रतिबद्ध छ ।”

मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि बीच जापान भ्रमण गर्ने भएकाले यसलाई क्वाडको भविष्यसँग जोडेर हेरिएको छ ।

यसैबीच, अमेरिकाले जापानसँगको व्यापार सम्झौता पश्चात् २५ प्रतिशत प्रारम्भिक भन्सार शुल्क घटाउँदै हाल १५ प्रतिशत कर कम गरेको छ ।

प्रधानमन्त्री मोदी अगस्ट २९ देखि दुई दिने जापान भ्रमणमा रहनेछन् र वार्षिक शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री इसिबासँग भेट गर्नेछन् ।

जापान भ्रमणपछि उनी अगस्ट ३१ र सेप्टेम्बर १ मा चीनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ५ : ३९ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले