भीम रावलको टिप्पणी : सत्ता र शक्तिका लागि केपी ओली आफ्नै मित्रमाथि छुरी चलाउँछन् « Khabarhub

भीम रावलको टिप्पणी : सत्ता र शक्तिका लागि केपी ओली आफ्नै मित्रमाथि छुरी चलाउँछन्


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा. भीम रावलले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार दिएको अभिव्यक्तिलाई निरंकुश चरित्रको संज्ञा दिएका छन् ।

सरकारी निवास बालुवाटारमा आयोजित पार्टी नेताहरूको भेलामा ओलीले आफूलाई अपरिहार्य अध्यक्षका रूपमा प्रस्तुत गर्दै अन्य नेताहरूको आलोचना गरेको प्रसंगलाई रावलले तानाशाही प्रवृत्ति भनेका छन् ।

‘विद्या भण्डारीलाई अनुभवहीन र लालगेडी भनेर होच्याइयो। महाधिवेशनमा प्रतिस्पर्धा गरे पराजित हुने भनिएको छ’, रावलले भनेका छन्, ‘अध्यक्ष बन्न खोजे भीम रावलको जस्तै हालत हुन्छ भनेर धम्की दिइयो। यसबाट ओलीको असीमित सत्ता लिप्सा र निरंकुश चरित्र स्पष्ट हुँदैन र ?’

उनले चितवनमा भएको दशौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादअनुरूप विधि र प्रणालीका आधारमा अध्यक्ष पदमा उम्मेदवारी दिएको स्मरण गरे ।

आफूसँग प्रतिस्पर्धा गरेकै कारण ओलीले स्पष्टीकरण सोधेर पार्टीबाट बाहिरिन बाध्य बनाएको पनि रावलले बताए । ‘आज ओली स्वयंले नै त्यसलाई स्वीकार गरेका छन्, जसले मेरो धारणा र अडान सुमधुर पार्टी निर्माणतर्फ केन्द्रित रहेको स्पष्ट हुन्छ,’ रावलले भनेका छन् ।

उनले सत्ता स्वार्थका लागि ओलीले आफ्नै मित्र वा पक्षधरमाथि समेत छुरी चलाउन सक्ने यथार्थ अब सबैले प्रष्ट बुझ्नुपर्ने उल्लेख गरे।

‘यसबाट मैले सिद्धान्त, विधि र प्रणालीको पक्षमा उभिएर पार्टी सुमार्गमा जानुपर्छ भन्दा त्यसलाई व्यक्तिगत स्वार्थ र झगडाको रुपमा लिनेले ओलीका उक्त भनाइबाट पार्टी र देशको दीर्घकालीन हितमा केन्द्रित मेरा धारणा, विचार र अडान केपीको असीमित सत्ता लिप्सा र अहमको कारण सह्य र स्वीकार्य नभएको सत्य, तथ्य अब त सबैलाई प्रष्ट भयो होला नि?’, रावलले भनेका छन्, ‘सत्ता स्वार्थका लागि जस्तोसुकै मित्र र पक्षधरमाथि छुरी चलाउन ओली उद्यत हुनसक्ने यथार्थ छर्लङ्ग भयो होला नि ?’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार गरिएको पार्टी नेताहरूको भेलामा ओली विद्या भण्डारीदेखि ईश्वर पोखरेल र वामदेव गौतमबारेसमेत आपत्तिजनक टिप्पणी गरेका थिए । यद्यपि आलोचना भएपछि उनको सचिवालयले बोल्दै नबोलेको कुरा प्रचार गरिएको जिकिरसहित प्रेस नोट निकालेको थियो ।

यही शुक्रबार बस्ने भनिएकव दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका ओली अहिले नेता-कार्यकर्ताहरूलाई सरकारी निवास बालुवाटारमा बोलाएर धमाधम प्रशिक्षण दिइरहेका छन् ।

शुक्रबारका लागि डाकिएको केन्द्रीय कमिटीको बैठक अचानक स्थगित गरेपछि बुधबार साँझ ओलीले एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलासहित काठमाडौंका केन्द्रीय सदस्य र बागमती प्रदेशटीका नेताहरू बोलाएर लामो प्रवचन दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ६ : ३० बजे

बालेन सरकारले काठमाडौंमा घर घडेरी किन्ने कर्मचारीको स्रोत खोज्ला ?

काठमाडौं– अबको केही दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

धनुषा– प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण

अमेरिकी तेल नाकाबन्दीको सामना गर्दै एक क्युवालीले चलाए कोइलाबाट गाडी

एजेन्सी- आठ कक्षासम्म पढेका क्युवाली मेकानिक ह्वान कार्लोस पिनोले अमेरिकी

घोडा चढ्ने मान्छे लड्छ, फेरि उठेर रेसमा जानुपर्छ : सांसद् खड्का

काठमाडौं- प्रतिनिधि सभामा ३८ सिट जितेको नेपाली कांग्रेसले यतिबेला निर्वाचनको

प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक- २०२६’

काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल