स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा : मुख्यमन्त्री बानियाँ « Khabarhub

स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा : मुख्यमन्त्री बानियाँ


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् । 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री बानियाँले राजनीतिक विचारभन्दा माथि उठेर काम गरिरहेको बताए। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक विचारभन्दा माथि उठेर सरकार र प्रतिपक्ष एकमत भएर अघि बढ्नुपर्ने बताए। प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको प्रतिष्ठानलाई बजेट र जनशक्ति अभाव हुन नदिने उनले प्रतिबद्धता जनाए। 

प्रतिष्ठानको विकासमा कुनै राजनीतिक बाधा अवरोध आउन नदिने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको स्वास्थ्यसम्बन्धी गौरवको आयोजना भएकाले यसलाई द्रुत गतिमा अघि बढाइने बताए। प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमलाई एकै ठाउँमा सञ्चालन गर्न आगामी १० महिनाभित्र एकीकृत पूर्वाधार निर्माण गरिने र निर्माणधीन हेटौँडा अस्पताल  भवन निर्माण तत्काल अघि बढाउनुपर्नेमा उनले जोड दिए । 

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशकै गौरवका आयोजनाको रुपमा रहेको प्रतिष्ठानलाई सबैले राजनीतिक विचार र आस्थाभन्दा माथि उठेर सहयोग गर्नुपर्ने बताए।  

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ६ : ३४ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो