संखुवासभा पुगेर राष्ट्रपतिले भने- शासनमा कमजोरी देखाई व्यवस्थामाथि भ्रम फैलाउनेविरुद्ध सचेत हुनुपर्छ « Khabarhub

संखुवासभा पुगेर राष्ट्रपतिले भने- शासनमा कमजोरी देखाई व्यवस्थामाथि भ्रम फैलाउनेविरुद्ध सचेत हुनुपर्छ


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो समय शासन सञ्चालनमा देखिएका केही कमीकमजोरी र ढिलासुस्तीलाई देखाएर व्यवस्थामाथि नै भ्रम सिर्जना गर्न केही शक्ति लागेकोले सबै लोकतन्त्रवादी शक्तिहरू सचेत हुनुपर्ने बताएका छन् ।

संखुवासभाको मादी नगरपालिकास्थित मादी माध्यमिक विद्यालयको हीरक महोत्सवमा राष्ट्रपति पौडेलले सरकारले सुशासन र सेवा प्रवाहमा मुख्य ध्यान दिनुपर्नेमा जोड दिए । 

जनताको भाग्य र भविष्यको फैसला आफैँ गर्ने व्यवस्था नै लोकतन्त्र भएकोले यसको कुनै विकल्प नभएको भन्दै राष्ट्रपति पौडेलले राष्ट्रपति पौडेलको भनाइ थियो ।

राष्ट्रपति पौडेलले मादी विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै शिक्षालाई समयानुकूल र जीवनोपयोगी बनाउँदै युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्नु पर्ने बताए । 

उनले संखुवासभा प्राकृतिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा देशकै नमूना जिल्ला रहेको भन्दै विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयलाई अगाडी बढाउनुपर्ने धारणा राखे । किमाथाङ्का नाका, अरुण तेस्रो जलविद्युत आयोजना,  माथिल्लो अरुणलगायतका आयोजनाहरूको विकास गरेर मुलुकले समृद्धि हासिलमा थप टेवा पुग्ने पौडेलले बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेका संखुवासभाबाट निर्वाचित जनप्रतिनिधि एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले मादी विद्यालयले हीरक महोत्सव मनाउनु र राष्ट्रपतिजस्तो सम्मानित व्यक्तित्वको उपस्थिति हुनु जिल्लाकै गौरवको विषय भएको बताए  । 

उनले शिक्षा क्षेत्रमा संखुवासभा अब्बल जिल्लाको रूपमा स्थापित रहँदै आएको तथा स्रोत र साधनका हिसाबले पनि अत्यन्तै सबल र सम्पन्न जिल्ला भएको भन्दै शिक्षा क्षेत्रमा मादी माविले पुर्‍याएको योगदान अतुलनीय रहेको चर्चा गरे । 

उनले देशमै पहिलो पटक आयुर्वेदिक विश्वविद्यालयको रूपमा योगमाया आयुर्वेदिक विश्वविद्यालयको स्थापनाले जिल्लाको पहिचान थप उचाइमा पुगेको धारणा राखे । 

मन्त्री खड्काले ऊर्जा क्षेत्रको दृष्टिले संखुवासभामा पाँच हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्न सक्ने क्षमता भएकोले सबै एकजुट भएर विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिए । 

उनले पर्यटकीय दृष्टिले समेत मकालु हिमाल, अरुण उपत्यका देखि थुप्रै पर्यटकीय स्थान भएकोले यसको विकासमा दलीय राजनीतिभन्दा माथि उठेर काम गर्न आग्रह गरे । चीन र भारतजस्ता दुई छिमेकी राष्ट्रलाई जोड्ने किमाथाङ्का नाकाको विकासमा आफू लागिपरेको बताए ।

सो अवसरमा विद्यालयमा विभिन्न कालखण्डमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ६ : ४२ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने