जनार्दनले भने- प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो, आफ्नै बुद्धिले कुरो बिग्रियो « Khabarhub

जनार्दनले भने- प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो, आफ्नै बुद्धिले कुरो बिग्रियो


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

बुटवल- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले तत्कालीन नेकपा एमालेसँग मिलेर बनेको तत्कालीन विभाजनमा पुष्पकमल दाहाल प्रचण्डको कार्यशैली कारण रहेको बताएका छन् ।

सहिद बेपत्ता स्मृति प्रतिष्ठानले बुटवलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक सङ्कट र निकास’ विषयक संवाद कार्यक्रममा बोल्दै शर्माले पार्टी माओवादी पार्टी पुनर्संरचनाका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताए । उनले माओवादी पुनर्गठन हुन नसकेमा गम्भीर संकट निम्तिने पनि बताए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिराटनगरमा पुगेर जनार्दनमाथि गम्भीर आरोप लगाएका थिए । उनले ‘पार्टीभित्र स्वार्थ समूह सक्रिय बन्दै गएको र प्रभाकरले नपत्याउँदैमा माओवादी आन्दोलन नरोकिने’समेत भन्न भ्याएका थिए ।

प्रचण्डले भनाइ राखिसकेपछि त्यसको जवाफ बुटवलबाट फर्काउँदै उपमहासचिव शर्माले आक्रोश व्यक्त गरेका हुन् ।

उपमहासचिव शर्माले नेतृत्वले पार्टी संगठनलाई आफ्नो बिर्ताजस्तो बनाएको आरोप पनि लगाए । ‘कम्युनिष्ट पार्टीमा पुर्नसंरचना अनिवार्य छ, कम्युनिष्ट ध्रुवीकरण आजको आवश्यकता हो’, शर्माले नेकपा महासचिव नेत्रविक्रम चन्द र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई साक्षी राख्दै भने, ‘त्याग गर्नुपर्ने भए त्याग गर्नुपर्छ । म तयार छु, नयाँ पुस्ताले चाहेको के हो ? एउटा बृहत् स्वार्थ समूहभन्दा माथि उठेर पार्टी पुनर्गठन गर्नुपर्छ ।’

उनले अध्यक्ष प्रचण्डकै कार्यशैलीले तत्कालीन नेकपा विभाजनमा सहयोग पुगेको आरोप पनि लगाए । नेकपा हुँदा केपी शर्मा ओली र प्रचण्ड दुई जना अध्यक्ष थिए । तर प्रचण्डले ओलीविरुद्ध निरन्तर दुई लाइन शक्ति संघर्ष चर्काएपछि नेकपा फुटेको थियो ।

शर्माले माओवादी पार्टी सरकारमा हुँदा पटक पटक गठबन्धन फेरिरहने नेतृत्वको निर्णयप्रति चर्को आक्रोश व्यक्त गरे।

‘२०७९ सालको चुनावपछि पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो । केही कामको थालनी पनि भएको थियो’, उनले भने, ‘तर आफ्नै बुद्धिले कुरो बिग्रियो । ‘के गर्छस् मंगले आफ्नै ढंगले’ भन्या जस्तो भयो ।’

प्रचण्डले गठबन्धन फेर्ने काम गरिरहँदा माओवादी संकटमा परेको पनि उनले बताए । ‘गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज हामी यस्तो ठाउँमा पुग्यौँ’, उनले भने, ‘आज जनताका एजेन्डा सम्बोधन गर्ने सम्भावना छैन । अहिले विभिन्न काण्ड मात्रै हेरिरहनुरेको छ, त्यसको जिम्मेवार पनि हामी हौँ ।’

यसअघि विराटनगरमा प्रचण्डले नेतृत्वको विषयमा पार्टीभित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने पत्रकारहरूको प्रश्नमा प्रचण्डले भनेका थिए,‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी, यो आन्दोलन र इतिहास रोकिँदैन ।’

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ६ : ५१ बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन