राजेश अहिराज थुनामै रहने, उच्चद्वारा जिल्लाको आदेश सदर « Khabarhub

राजेश अहिराज थुनामै रहने, उच्चद्वारा जिल्लाको आदेश सदर


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नै घरमा राखिएकी सहयोग महिलालाई बलात्कार गरेको आरोपमा जेल सजाय भोगिरहेका मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजले थुनामै रहनुपर्ने भएको छ । उनलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशलाई उच्च अदालत पाटनले बिहीबार सदर गरेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएपछि अहिराजको जेल बसाइ लम्बिने भएको हो ।

गत साउन १४ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

राजेश अहिराज अहिले डिल्लीबजार कारागारमा छन् । घरमै काममा सघाउन राखिएकी युवतीलाई बलात्कारको आरोपमा उनी पक्राउ परेका थिए । लामो समय भारतमा लुकेर बसेका उनी गत साउनमा काठमाडौँ आएपछि समातिएका थिए ।

पठनपाठनको जिम्मा लिएका अहिराजले घरमै राखिएकी युवतीलाई बलात्कार गरेपछि उजुरी परेको थियो।

काठमाडौँको थापागाउँस्थित घरमा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको मुद्दामा उल्लेख थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ८ : २१ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने