थाईल्यान्डमा ‘काजिकी’ तुफानको कहरः पाँच जनाको मृत्यु, सयौं प्रभावित « Khabarhub

थाईल्यान्डमा ‘काजिकी’ तुफानको कहरः पाँच जनाको मृत्यु, सयौं प्रभावित


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ब्याङ्कक – थाईल्यान्डको उत्तरी क्षेत्रमा आएको तुफान ‘काजिकी’ ले पहिरो र बाढी ल्याउँदा हालसम्म पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मौसम विभागले यस क्षेत्रभर अझै केही दिनसम्म भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ ।

काजिकी तुफानले भियतनाम, लाओस, थाईल्यान्ड जस्ता देशहरूमा बाढी, पहिरो र ठूलो क्षति गर्न सक्छ । ‘काजिकी’ भन्ने शब्द जापानी भाषा हो, जसको अर्थ एउटा समुद्री माछा हो ।

यो तुफानले सोमबार भियतनाममा प्रवेश गरेपछि हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । त्यसपछि यो लाओस हुँदै थाईल्यान्डको उत्तरतर्फ सरेको थियो, जहाँ यसले ठूलो मात्रामा क्षति पु¥याएको हो ।

थाईल्यान्डको प्रकोप व्यवस्थापन तथा न्यूनीकरण विभागका अनुसार, १२ वटा उत्तरी प्रान्तहरूमा तुफानको असर परेको छ । नान, चिआङ राई र मे हङ सोन जस्ता क्षेत्रमा अचानक बाढीकम कारण धेरै गाउँहरू सम्पर्कविहीन बनेका छन् ।

तुफानका कारण सात जना अझै बेपत्ता छन् भने ६ हजार ३०० भन्दा बढी नागरिक र एक हजार ८०० घरधुरी प्रभावित भएका छन् ।

बुधबार, पर्यटकहरूका लागि लोकप्रिय क्षेत्र चिआङ माईमा आएको पहिरोले दुई जनाको ज्यान लिएको पुष्टि गरिएको छ ।प्रकोप विभागले भनेको छ,“केही स्थानमा जलस्तर अझै बढ्न सक्छ, सावधानी अपनाउन जरुरी छ ।”

थाई मौसम विभागले उत्तरी, उत्तरपूर्वी र मध्य क्षेत्रहरूमा अर्को हप्ता सम्म निरन्तर वर्षा हुने बताएको छ । वर्षा जूनदेखि सेप्टेम्बरसम्म सामान्य भए पनि, विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण चरम मौसमीय घटनाहरू थप खतरनाक र अप्रत्याशित बन्न थालेका छन् ।

सन् २०११ मा आएको विनाशकारी बाढीले थाईल्यान्डभर ५०० भन्दा बढीको मृत्यु गराएको थियो र लाखौं घरहरूमा क्षति पु¥याएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ८ : २५ बजे

भरतपुरमा नयाँ औषधि उद्योग स्थापना गरिँदै

चितवन– देउराली–जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

बाँके– जिल्ला निर्वाचन कार्यालय बाँकेले अस्थायी मतदाताका लागि तीन मतदान

शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई

नेपालमा क्यान्सरको भयावह रूप: वार्षिक २६ हजार नयाँ बिरामी, मृत्युदर घटाउन चुनौती

काठमाडौं – आज विश्व क्यान्सरविरुद्धको दिवस हो। क्यान्सरबाट हुने मृत्यु

सुनको मूल्य १४ हजार चार सयले बढ्यो : कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ