आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै « Khabarhub

आज बडादशैँको छैटौँ दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरुको महान पर्व बडादशैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज कात्यायनी भगवतीको विशेष पूजा गरिँदैछ ।

कात्यायनी देवीको पूजा गरेमा रोग, शोक, भय, दुःख र दरिद्रता नास भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिने धार्मिक मान्यता रहेको छ ।

कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । आजको दिन दियो, कलश र गणेशको पूजा गरी कात्यायनीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

यज्ञयज्ञादी दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीप्रवृतिका राक्षसबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् ।

माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ ।

अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ ।

कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ । उनलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता रहेको छ ।

दशैँको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका नौ वटा रूपको पूजा गरिँदै आएको छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्माचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

नवरात्रको अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली लगायत देशभरका शक्तिपीठहरुमा भक्तजनको भीड लागेको छ । 

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ७ : ४५ बजे

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन