नवरात्रको सातौँ दिन : देवी कात्यायनीको पूजा आराधना गरियो « Khabarhub

नवरात्रको सातौँ दिन : देवी कात्यायनीको पूजा आराधना गरियो


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज शुक्ल षष्ठी अर्थात् नवरात्रको सातौँ दिन देवी कात्यायनीको पूजा आराधना गरिएको छ ।

अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ । धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

पुराण अनुसार, त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेको धार्मिक विश्वास छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १२ : २१ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय