विजय ‘लिड रोल’ रहेको दोस्रो फिल्मको व्यापार पहिलोभन्दा ४५ करोडले कम « Khabarhub

विजय ‘लिड रोल’ रहेको दोस्रो फिल्मको व्यापार पहिलोभन्दा ४५ करोडले कम


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल शीर्ष भूमिकामा रहेको दोस्रो फिल्म ‘जनै हराएको मान्छे’ हलबाट उत्रिसकेको छ । यो फिल्म भदौ ६ बाट प्रदर्शनमा आएको थियो ।

विजय कीर्तिमानी नायक हुन् । उनले पहिलो पटक शीर्ष भूमिकामा अभिनय गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । जसले नेपाली फिल्म इतिहासमै सबैभन्दा बढी ४६ करोड ८७ लाखभन्दा बढीको व्यापार गरेको थियो ।

यही फिल्मको व्यापारिक सफलता पश्चात विजयले ‘जनै हराएको मान्छे’ साइन गरेका हुन् । यो फिल्म बक्स अफिसमा फ्लप भएको छ ।

पहिलो फिल्मको तुलनामा यस फिल्मको व्यापार साढे ४५ करोडभन्दा बढीले कम छ ।

चलचित्र विकास बोर्डका अनुसार यस फिल्मको लाइफटाइम ग्रस कलेक्सन एक करोड २३ लाख ८२ हजार मात्रै छ ।

अब विजय शीर्ष भूमिकामा रहेको अर्को फिल्म ‘वरिष्ठ बलराम’ भाइटीका अर्थात् कात्तिक ६ बाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १ : ४० बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६