एमाले पदाधिकारीलाई युवाहरूको म्यासेज : हामीसँग सच्चिने र सक्किने दुईमात्रै विकल्प छन् « Khabarhub

एमाले पदाधिकारीलाई युवाहरूको म्यासेज : हामीसँग सच्चिने र सक्किने दुईमात्रै विकल्प छन्


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)को सचिवालय बैठक बसिरहँदा पार्टीसम्बद्ध अघि एमाले देशभरीका युवा नेताहरुले पदाधिकारीहरूलाई म्यासेजको अभियान चलाएका छन ।

‘परिर्वतनका लागि युवा समूह’को नाममा उनीहरूले अब एमालेसामु दुईवटा विकल्प रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलन र देशलाई संकटमा लैजान नहुने बताएका हुन् ।

‘हामी कम्युनिष्ट आन्दोलनको नयाँ घुम्तीमा उभिएका छौं । अब एमालेसँग दुई विकल्प छ, ‘कि सच्चिने, कि त सक्किने ?’ एमाले सक्कियो भने कम्युनिष्ट आन्दोलन पनि सक्किने बाटोमा जानेछ । देश संकटमा पर्नेछ’, उनीहरू म्यासेजमा भनेका छन्, ‘एमालेको वर्तमान नेतृत्वबाट एमाले, कम्युनिष्ट आन्दोलन र देशको रक्षा सम्भव छैन । हामीलाई गहिरो विश्वास छ, ‘गलत नेतृत्वको रक्षा गरेर कम्युनिष्ट आन्दोलन र देशलाई संकटमा लैजानु हुने छैन ।’

उनीहरूले पार्टीको सबै संरचनामा रूपान्तरण र पुनर्गठन जरूरी रहेको बताएका छन् ।

‘निर्णय आजै गर्नुहोला । नयाँ सन्देश प्रवाह गर्नुहोला । हामी पुनर्गठन सन्देश बोकेर दशैंमा गाउँ जानेछौँ’, उनीहरूले सन्देशमा भनेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  २ : ०८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।