एमालेले नेतृत्वबारे निर्मम आत्मसमीक्षा गर्नुपर्छ : झपट रावल « Khabarhub

एमालेले नेतृत्वबारे निर्मम आत्मसमीक्षा गर्नुपर्छ : झपट रावल


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टी नेतृत्वप्रति कटाक्ष गर्दै अब बहानाबाजी होइन, निर्मम आत्मसमीक्षा आवश्यक भएको बताएका छन्।

उनले आइतबार सामाजिक सञ्जालमा लेख्दै एउटा असल अभिभावकले सन्तानलाई उज्ज्वल भविष्य सुम्पेर जाने जस्तै कुशल राजनीतिज्ञले सक्षम उत्तराधिकारी र सबल राष्ट्र सुम्पेर जानुपर्ने बताए।

‘गल्ती सबैका जिम्मेवारीअनुसार भएको हो भन्ने आत्मबोध गर्दै, जनविश्वासमा आँच आउने कार्य दोहोरिन नदिने प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्छ,’ रावलले भनेका छन्।

व्यक्तिगत विषयलाई गौण मानेर जनविश्वास आर्जन गर्दै अघि बढ्दा मात्र एमालेको आन्दोलन जीवन्त रहने साझा विकल्प बन्ने उनले बताएका छन् ।

रावलले यसो भनिरहँदा भक्तपुरको गुन्डुमा एमाले सचिवालय बैठक जारी छ । जहाँ भदौ २३ र २४ को आन्दोनपछि अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट बाहिरिनुपर्ने दबाब नेताहरूले दिइरहेका छन्।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ५ : ३४ बजे

एमाले अध्यक्ष ओली आज झापाको कमल गाउँपालिकाका कार्यक्रममा केन्द्रित हुने  

दमक– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा

म्याग्दीको हिस्तानमा वडा कार्यालय भवन निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालय भवन निर्माण सुरु

बागलुङको जैमिनी क्षेत्रका मतदाताले बाँदर नियन्त्रणको खाका ल्याउनेलाई मत दिने

बागलुङ– बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य