एमाले सचिवालय बैठक : ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दबाब « Khabarhub

एमाले सचिवालय बैठक : ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दबाब


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुन्डुमा बसिरहेको छ। 

अध्यक्ष केपी शर्मा ओलीको डेरा गुन्डुमा दिउँसो १ बजेदेखि जारी सचिवालय बैठकमा नेताहरू दुई तप्कामा बाँडिएका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको बलमा सत्ताबाट हट्न बाध्य पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओ‌लीले पदबाट राजीनामा दिनुपर्ने पक्ष र विपक्षमा नेताहरूबीच विवाद भइरहेको छ ।

एमाले सचिवालयका एक नेताका अनुसार ओलीलाई नेताहरूले पद त्यागेर पार्टी पुनर्गठनको ढोका खोल्न दबाब दिएका छन् । 

एमाले सचिवालयका ती नेताका अनुसार अहिलेसम्म सात जनाभन्दा बढी पदाधिकारीले ओलीले अध्यक्ष पदबाट राजीनामा दिएर कार्यवाहक अरूलाई दिनुपर्ने माग गरिरहेका छन् । 

यति मात्रै होइन, केही नेताहरूले अर्ली महाधिवेशन गरेर पार्टीमा दोस्रो-तेस्रो पुस्ता र युवाहरूको सहभागिता बढाउनुपर्ने पनि आवाज उठाएका छन् । 

आइतबार दिउँसो १ बजे पछाडि बसेको बैठक अहिले पनि जारी रहेको ती पदाधिकारीले बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : १४ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्