एमाले सचिवालय बैठक : ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दबाब « Khabarhub

एमाले सचिवालय बैठक : ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दबाब


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुन्डुमा बसिरहेको छ। 

अध्यक्ष केपी शर्मा ओलीको डेरा गुन्डुमा दिउँसो १ बजेदेखि जारी सचिवालय बैठकमा नेताहरू दुई तप्कामा बाँडिएका छन् ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको बलमा सत्ताबाट हट्न बाध्य पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओ‌लीले पदबाट राजीनामा दिनुपर्ने पक्ष र विपक्षमा नेताहरूबीच विवाद भइरहेको छ ।

एमाले सचिवालयका एक नेताका अनुसार ओलीलाई नेताहरूले पद त्यागेर पार्टी पुनर्गठनको ढोका खोल्न दबाब दिएका छन् । 

एमाले सचिवालयका ती नेताका अनुसार अहिलेसम्म सात जनाभन्दा बढी पदाधिकारीले ओलीले अध्यक्ष पदबाट राजीनामा दिएर कार्यवाहक अरूलाई दिनुपर्ने माग गरिरहेका छन् । 

यति मात्रै होइन, केही नेताहरूले अर्ली महाधिवेशन गरेर पार्टीमा दोस्रो-तेस्रो पुस्ता र युवाहरूको सहभागिता बढाउनुपर्ने पनि आवाज उठाएका छन् । 

आइतबार दिउँसो १ बजे पछाडि बसेको बैठक अहिले पनि जारी रहेको ती पदाधिकारीले बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : १४ बजे

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी