प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस « Khabarhub

प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार चार डीआईजीलाई एआईजीमा बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ९ : १९ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा