मुस्ताङमा भारी हिमपात (तस्बिरहरू) « Khabarhub

मुस्ताङमा भारी हिमपात (तस्बिरहरू)


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ । गएरातिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

हिमपात भएपछि मुस्ताङको धार्मिकस्थत मुक्तिनाथ मन्दिर हिउँले ढपक्कै ढाकेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले अहिले मुस्ताङको यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ ।

मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बागलुङका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ भने उच्च भेगमा हिमपात भइरहेको छ ।

यसैगरी, उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको अधिकांश ठाउँमा गएरातिदेखि नै बाक्लो हिमपात भइहेको छ। यो पालिका हिमालपारिको गाउँपालिका हो ।

मनाङको ङिस्याङ गाउँपालिकामा पनि भारी हिमपात भएको छ । हिमपात भएपछि गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै पदयात्रा नगर्न आग्रह गरेको छ ।

मनास्लु पदमार्गअन्तर्गत पर्ने क्षेत्रमा अझै दुई दिन यात्रा नगर्न र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : ०९ बजे

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्