वीरगञ्जको घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न (तस्बिरहरू) « Khabarhub

वीरगञ्जको घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न (तस्बिरहरू)


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जस्थित ऐतिहासिक घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठ पर्व सम्पन्न भएको छ ।

व्रतालुहरूले  बिहानैदेखि पोखरीमा उभिएर उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न गरिएको हो ।

हरेक वर्ष कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखोनितो खाएका थिए ।

पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।

मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए ।

त्यस्तै, षष्ठी तिथिको दिन अर्थात सोमबार सन्ध्याकालीन र आज मङ्गलबार प्रभातकालीन सूर्यको अर्घ्य दिएपछि चार दिनसम्म मनाइने  छठ पर्व विधिवत् रूपमा समापन गरिएको हो ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १० : ४१ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी