हिरोलाई बडेमानको ट्याग दिन मेकरहरु हौसिन्छन्, जोगिएनन् सुशील पनि « Khabarhub

हिरोलाई बडेमानको ट्याग दिन मेकरहरु हौसिन्छन्, जोगिएनन् सुशील पनि


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले आफ्नो फिल्मको हिरालाई मेकरहरुले मनलाग्दी ट्याग दिने प्रचलन छ । नायकहरु अनमोल केसी, प्रदीप खड्का, सुशील श्रेष्ठ र समीर भट्ट यसको शिकार बनेका छन् ।

फिल्मको टिजर–टेलरमा उनीहरुको नामको अगाडि विभिन्न ट्याग झुण्डाएर दर्शकसँग परिचित गराइन्छ । ती नायकहरु आफूलाई ट्यागको कुनै लोभ नभएको स्पष्टीकरण दिन्छन् ।

मेकरहरु आफ्नो जिद्दीलै ट्याग प्रदान गरेको स्वीकार पनि गर्छन् । किन उनीहरु आफ्नो हिरोलाई यस्तो ट्याग दिन हौसिन्छन् ? यसको स्पष्ट जवाफ नै उनीहरुसँग छैन ।

यस्ता ट्याग त बहुसंख्य दर्शकले स्वतस्फूर्त दिए पछि मात्रै ओजनदार हुन्छ । महानायक राजेश हमाल कि भुवन केसी भन्ने विवादले नै यो पुष्टि गरेको छ ।

भुवन निकट व्यक्ति र उनी आफैँको ‘महानायक’ दाबीले विवादको उग्ररुप लिएको धेरै भएको छैन ।

समीरलाई दोस्रो फिल्म ‘बलिदान’मा नै ‘एक्सन किङ’को ट्याग दिइयो । जुन ट्याग नायक निखिल उप्रेतीलाई सम्बोधन गर्ने प्रयोग गरिन्थ्यो ।

प्रदीपलाई फिल्म ‘एक्टर : टेक वान’मा सुपरस्टारको ट्याग दिन थालिएको हो । जबकि भुवन केसीलाई यो ट्यागले सम्बोधन गर्ने अभ्यास थियो ।

अनमोल आफैँलाई ‘मेघा स्टार’को ट्याग भारी भइरहेको अवस्था छ । यो ट्याग पाएपपछि उनको फिल्म लगतार फ्लप भए । त्यसबेला उक्त ट्यागले नै अनमोललाई आलोचना गर्नेको खुराक भयो ।

अब नायक सुशील श्रेष्ठलाई मेकरहरुले ‘एक्सन स्टार’को ट्याग दिन थालेका छ । गतच वर्ष प्रदर्शनमा आएको फिल्म ‘दफा ः आउट ल’बाट उनले यो ट्याग पाएका हुन् ।

उनलाई पहिलो एक्सन फिल्ममै उक्त ट्याग दिइएको हो ।

उनको दोस्रो एक्सन फिल्म ‘परिवर्तन’मा पनि यो ट्यागले निरन्तरता पाएको छ ।

सुशील आफैँले यो ट्याग राख्न लगाएका हुन् त ? उनको स्पष्ट जवाफ छ, ‘होइन ।’

फिल्म परिवर्तनको टिजर सार्वजनिक कार्यक्रममा सोमबार बानेश्वरको एक फिल्म हलमा सञ्चारकर्मीले उनलाई ट्यागबारे प्रश्न सोधेका थिए ।

उनी पनि अन्य नायक जस्तै मेकरको जिद्दीले आफूले उक्त ट्याग पाएको दाबी गर्छन् । उनी भन्छन्, ‘मैले पहिलो फिल्ममै नराख्नू भनेको थिए । यसमा पनि नराख्नू भनेकै हो । मलाई ट्यागको लोभ छैन । म कलाकार सुशील भनेर चिनिन चाहान्छु ।’

सुशीलको दाबीले प्रश्न उठ्छ- हिरोहरु आफैँ ट्याग ग्रहण गर्न तयार नहुँदा मेकहरुलाई कि उत्तेजित भएका होलान् ?

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १ : १५ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री