नेपाल लिबरल पार्टी गठनको घोषणा | Khabarhub Khabarhub

नेपाल लिबरल पार्टी गठनको घोषणा


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक उन्नतिको लक्ष्यसहित डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा डा न्यौपानेको नेतृत्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको हो । 

आम नागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्ने पार्टीको मुख्य लक्ष्य रहेको सभापति डा न्यौपानेले बताए। 

‘नेपाली जनतालाई सदाका लागि गरिबी, भय–त्रास बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन,  कानुनी शासन बहाल गर्न, सुशासनमार्फत जनताको दैनिकी सजिलो पार्न र आर्थिक उदारवादमार्फत आर्थिक समृद्धि हासिल गर्न यो पार्टी गठन गरिएको हो’, उनले भने। 

पार्टीले उदारवादी अर्थव्यवस्था, कर–कटौती, खुलापन, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकीकरण, औद्योगिकीकरण, शहरीकरण, नैतिक राजनीति र विश्वव्यापीकरणको व्यावहारिक प्रयोगको नीति रहेको सो पार्टीका महासचिव डा सुशील पौडेलले बताए। 

‘हाम्रो पार्टीको एउटै एजेन्डाः आर्थिक उन्नति हो’, उनले भने।  
 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  २ : ०२ बजे

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई

उत्तर कोरियाको चेतावनी : थप ‘आक्रामक कारबाही’ गर्ने घोषणा

सियोल– पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

काठमाडौं– नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय

कुर्सी र सत्ताको सिँढी नबनोस् जेन–जी आन्दोलन  

नेपाल अहिले राजनीतिक रूपमा संवेदनशील मोडमा छ । विगत केही

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको