हितबहादुरले भने- सुशीलालाई प्रधानमन्त्री बनाउनेबाहेक जेन-जी आन्दोलनले उपलब्धि दिएन « Khabarhub

हितबहादुरले भने- सुशीलालाई प्रधानमन्त्री बनाउनेबाहेक जेन-जी आन्दोलनले उपलब्धि दिएन


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताएका छन् ।

मंगलबार रिपोटर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा तामाङले जेन-जी आन्दोलनपछि अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताएका हुन् ।

उनले ६ महिनाभित्र निर्वाचन गर्ने भनेर मिति तोकिएर बनेको अन्तरिम सरकारले निर्वाचन हुन्छ या हुँदैन भन्ने अनिश्चयको स्थिति कायमै रहेको बताए । जेन–जी आन्दोलन छोटो समयमा भए पनि यसको उपलब्धि खासै नरहेको उनको भनाइ छ ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेर आउनेभन्दा अर्को उपलब्धि जेन–जी आन्दोलनबाट लिन नसकिएको तर्क गरे । 

साथै, नेता तामाङले अब माओवादी केन्द्रले निर्वाचनको विकल्प नदेखेको पनि बताए । तर, सरकारले चुनाव निष्पक्ष हुने, नागरिकहरूले स्वतन्त्र ढंगले निर्वाचनमा भाग लिन पाउने र निर्वाचन शान्तिपूर्ण हुने कुरा नागरिक समाज र राजनीतिक दललाई विश्वास दिलाउन सक्नुपर्ने उनले बताए । 

जेन–जीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी भनिराखेको र उक्त कुरा माओवादीले २० वर्ष पहिलादेखि भन्दै आएको पनि नेता तामाङले बताए । 

उनले संसद्बाटै यो कुरालाई संवैधानिक हिसाबले हल गरेर संसद् भंग गर्नुपर्नेमा जेन–जीहरुको आन्दोलन हाइज्याक भएर हतारमा संसद् विघटन गरिएको जिकिर गरे । 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  २ : १४ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास