दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो  « Khabarhub

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो 


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि पार्टीका लागि ऐतिहासिक दिन भएको बताएका छन्। 

दल दर्ताका लागि निवेदन दिएपछि पत्रकार सम्मेलन गरेर प्रकाण्डले संसदीय निर्वाचन प्रणालीमा आफ्नो उपस्थिति रहने भएकाले आजको दिनलाई ऐतिहासिक दिन भनेको बताए । 

प्रकाण्डले अहिलेको आवश्यकतालाई नीतिलाई, जनताको मागअनुसार वस्तुस्थिति अनुसार आफूलाई नयाँ ठाउँमा उभ्याउनुपर्ने माग समेत गरेका छन्।

उनले जनताको मुद्दाको कुरा, सिस्टमको कुरा चाहनाको कुरालाई आफै फैसला गर्ने सबैभन्दा प्रजातान्त्रिक विधि निर्वाचन भएको दाबी समेत गरेका छन्।

‘आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन हुनेछ। निर्वाचनमा सहभागी हुने पहिलो दलको अभ्यास हामीले योपटक गर्दैछौँ। पार्टीको विधानमा यो नयाँ अभ्यास हो यसकारण मैले सबैको बीचमा यो ऐतिहासिक दिन हुन्छ भनेको हुँ।’ प्रकाण्डले अगाडि भने, ‘जनताको मुद्दाको कुरा सिस्टमको कुरा र चाहनाको कुरा आफै फैसला गर्ने सबैभन्दा प्रजातान्त्रिक माध्यम र विधि निर्वाचन नै हो। वस्तुस्थिति अनुसार हामिले  नयाँ ठाउँमा हामीलाई उभ्याउनुपर्नेछ।’

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  २ : ४१ बजे

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै