युरेनियम खरिद गर्ने प्रयास गरेको आरोपमा जर्जियामा तीन चिनियाँ पक्राउ « Khabarhub

युरेनियम खरिद गर्ने प्रयास गरेको आरोपमा जर्जियामा तीन चिनियाँ पक्राउ


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिब्लिसी- रेडियोधर्मी पदार्थ युरेनियम खरिद गर्ने प्रयास गरेको आरोपमा जर्जियामा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । जर्जियाको राजधानी टिब्लिसीमा राष्ट्रिय सुरक्षा सेवाका अधिकारीले उनीहरुलाई पक्राउ गरेका हुन् ।

अल जजीराका अनुसार उनीहरुले रुस हुँदै चीनतर्फ युरेनियम तस्करी गर्ने योजना बनाएका थिए । उनीहरुलाई पक्राउ गरिएको भिडियो पनि सार्वजनिक गरिएको छ ।

उनीहरुले उक्त पदार्थ तस्करी गर्ने विषयमा आपराधिक समूहसँग छलफल गरेको जनाइएको छ । सुरक्षा सेवाले उनीहरुलाई कहिले पक्राउ गरिएको थियो भन्नेबारे केही खुलाएको छैन ।

समाचारमा जनाइएअनुसार पक्राउ परेका संदिग्धहरुले उक्त पदार्थका लागि ४ लाख अमेरिकी डलर खर्च गर्ने योजना बनाएका थिए ।

यस घटनामा दोषी पाइए उनीहरुलाई १० वर्ष कैद सजाय हुनसक्ने जनाइएको छ । पछिल्ला केही वर्षयता जर्जियामा यस्ता गैरकानुनी पदार्थको खरिदका घटना दोहोरिँदै आएका छन् ।

गत जुलाई महिनामा मात्रै प्रहरीले एक जना जर्जियाली र एक जना टर्किश नागरिकलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : २३ बजे

जेन-जी आन्दोलनको जिम्मा सबै राजनीतिक दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेकपा एमालेको

७ रन जोड्दा सुदूरपश्चिमले गुमायो २ विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी

रनको खाता नखोली आउट भए सुदूरपश्चिमका विनोद

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल

एमाले महाधिवेशनमा देव गुरुङले उठाए कम्युनिस्ट एकताको मुद्दा

काठमाडौं– नेकपाका नेता देव गुरुङले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी मुलुकको

एक सय आठ जना महाधिवेशन प्रतिनिधि मनोनीत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८