युरेनियम खरिद गर्ने प्रयास गरेको आरोपमा जर्जियामा तीन चिनियाँ पक्राउ « Khabarhub

युरेनियम खरिद गर्ने प्रयास गरेको आरोपमा जर्जियामा तीन चिनियाँ पक्राउ


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिब्लिसी- रेडियोधर्मी पदार्थ युरेनियम खरिद गर्ने प्रयास गरेको आरोपमा जर्जियामा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । जर्जियाको राजधानी टिब्लिसीमा राष्ट्रिय सुरक्षा सेवाका अधिकारीले उनीहरुलाई पक्राउ गरेका हुन् ।

अल जजीराका अनुसार उनीहरुले रुस हुँदै चीनतर्फ युरेनियम तस्करी गर्ने योजना बनाएका थिए । उनीहरुलाई पक्राउ गरिएको भिडियो पनि सार्वजनिक गरिएको छ ।

उनीहरुले उक्त पदार्थ तस्करी गर्ने विषयमा आपराधिक समूहसँग छलफल गरेको जनाइएको छ । सुरक्षा सेवाले उनीहरुलाई कहिले पक्राउ गरिएको थियो भन्नेबारे केही खुलाएको छैन ।

समाचारमा जनाइएअनुसार पक्राउ परेका संदिग्धहरुले उक्त पदार्थका लागि ४ लाख अमेरिकी डलर खर्च गर्ने योजना बनाएका थिए ।

यस घटनामा दोषी पाइए उनीहरुलाई १० वर्ष कैद सजाय हुनसक्ने जनाइएको छ । पछिल्ला केही वर्षयता जर्जियामा यस्ता गैरकानुनी पदार्थको खरिदका घटना दोहोरिँदै आएका छन् ।

गत जुलाई महिनामा मात्रै प्रहरीले एक जना जर्जियाली र एक जना टर्किश नागरिकलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ७ : २३ बजे

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान