सबै मिलेर तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न लागौँ : नेता थानी « Khabarhub

सबै मिलेर तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न लागौँ : नेता थानी


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेपाली कांग्रेसका नेता हृदयराम थानीले सबै राजनीतिक दल मिलेर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न लाग्नुपर्ने बताएका छन्। मंगलबार वीरेन्द्रनर सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै नेता थानीले सो कुरा बताएका हुन्।

कांगेस–एमालेसहितको संयुक्त सरकारले देशमा प्रगति गर्न नसकेको स्वीकार गरे। उनले ओली नेतृत्वको सरकारले काम गर्न नसकेका कारण देशमा यो स्थिति आएको स्पष्ट पारे।

‘जेनजीहरूको माग भ्रष्टाचारको अन्त्य र सुशासन कायम भन्ने थियो। सरकारले त्यसलाई बेलैमा बुझ्न नसक्दा यो परिणाम आयो,’ नेता थानीले भने, ‘सामाजिक सञ्जाल मात्र अघिल्लो दिन भदौ (२३) खोलिदिएको भए देशमा यति ठुलो क्षति हुने थिएन।’

आफूले समितिको बैठक र सरकारलाई देशमा यो स्थिति हुँदैछ भनेर पटक पटक सम्झाएको स्मरण गरे। दुर्गा प्रसाईंको चार हजारको जुलुसमा त देशको यो हालत भयो भने ४० हजारको जुलुस आयो भने के होला? भनेर सम्झाउँदा पनि सरकारले वास्ता नगरेको जिकिर गरे।

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको भन्दै उनले अहिले पार्टीलेभन्दा पनि देशले निर्वाचन जित्ने गरेर सबै एक भएर लाग्न आह्वान समेत गरे।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : ११ बजे

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास