बद्रीनारायण धाममा पहिलोपटक ‘एकादशी मेला’ हुने « Khabarhub

बद्रीनारायण धाममा पहिलोपटक ‘एकादशी मेला’ हुने


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धाममा पहिलोपटक ‘एकादशी मेला’ हुने भएको छ।

बद्रीनारायण धाम मेला आयोजक मूल समारोह समितिको आयोजनामा पहिलोपटक यहाँ आगामी कात्तिक १५ गते एकादशी मेला हुन लागेको हो।

नारायण पोखरेल प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष दीनबन्धु पोखरेलले सनातनीहरूको धार्मिक धरोहर बद्रीनारायण धाम उपत्यकामा परापूर्वकालदेखि चलिआएका चार नारायण दर्शनमा पाँचौँ धामको रूपमा विकास भएकाले यहाँ पहिलोपटक एकादशी मेला आयोजना गरिएको बताए।

धार्मिक पर्यटनका लागि बर्सेनि हजारौँ भक्तजन विभिन्न क्षेत्रको यात्रामा निस्किरहेको अवस्थामा पण्डित स्व नारायण पोखरेलको स्मृतिमा नेपालमै बद्रीनारायण धाम निर्माण गरिएको उनको भनाइ छ।

यसअघि गत वैशाख १९ गतेदेखि २७ गतेसम्म धामको प्राणप्रतिष्ठा गरिएको थियो। रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त धाममा रु सात करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छ भने आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायत संरचना निर्माण भइरहेका छन्।

उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण भएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १० : २३ बजे

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास