जेलमा जन्मेका पाकिस्तानका बालबालिकाको अवस्था दयनीय « Khabarhub

जेलमा जन्मेका पाकिस्तानका बालबालिकाको अवस्था दयनीय


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा कारागारमा जन्मेका बालबालिकाको अवस्था खराब रहेको पाइएको छ । बन्दी जीवन बिताइरहेका आमाले जन्म दिएका बालबालिका कारागारमै बाँचिरहेका छन् ।

स्टिलका बन्दीगृह, धेरै भीडभाड र खराब पूर्वाधारका कारण कारागारको जीवन उसैपनि दयनीय छ । यस्तो अवस्थामा हुर्किरहेका बालबालिकाको भविष्यबारे चिन्ता व्यक्त हुँदै आएको छ ।

इस्लामखबरका अनुसार पञ्जाब प्रान्तका कारागारमा मात्रै ६ वर्षमुनिका १ सय ४० जना बालबालिका बन्दी आमासँगै हुर्किरहेका छन् । यसमध्ये ६७ जना बालक र ७३ जना बालिका छन् ।

उनीहरु विभिन्न ४५ वटा कारागारमा हुर्किरहेका छन् । उनीहरुको सुरुवाती स्मृति नै खेल्ने मैदान र किताबकापीभन्दा कारागारको सीमितता बन्न पुगेको छ ।

सबैभन्दा खराब अवस्था आदियाला कारागार र मुल्तान महिला कारागारमा छ । यी कारागारमा सबैभन्दा धेरै बालबालिका हुर्किरहेका छन् । उनीहरुका लागि घर भन्ने कुरा यही चार दिवालमा सीमित छ ।

कानुनअनुसार यी बालबालिका कैदी होइननन् । यद्यपि उनीहरु कैदी सरह नै जीवन गुजार्न बाध्य छन् । कैद भुक्तान गरिरहेका महिलाबाट जन्मेका उनीहरुले पनि आमाकै नियती भोग्नु परिरहेको छ ।

कानुनमा ५ वर्षको उमेरका बालबालिकाले आमासँगै बस्न दिने प्रावधान रहेको अधिकारीहरु बताउँछन् । यद्यपि ‘कानुनी प्रावधान’ को प्रशासनिक भाषाभित्र कानुनी प्रवधान मानवता होइन भन्ने कठोर सत्य लुकेको छ ।

उमेर पुगेपछि ती बालबालिकालाई आफन्त वा एसओएस बालग्राममा पठाइन्छ । यद्यपि यसो हुँदा पनि उनीहरुलाई आमासँग छुटिनुको पीडा त हुन्छ नै ।

आफ्ना सुरुवाती वर्षहरू कारागारमा बिताउने बालबालिकामा सुरक्षा, स्वतन्त्रता र अधिकारबारेको बुझाइ विकृत भइसकेको हुन्छ । आमाको स्नेह वास्तविक भए पनि आसपासको वातावरण नै उनीहरुका लागि दुश्मन बन्न पुग्छ ।

पञ्जाबका धेरैजसो जेलमा पातलो ओछ्यान, सीमित खाना, र न्यूनतम स्वास्थ्य सेवा मात्र पाइन्छ । खानामा सामान्यतया दाल र रोटी हुन्छ । यसले बच्चाहरूको पोषण आवश्यकताहरू पूरा हुँदैनन् । कारागारमा दूध वा फलफूल विलासिता मानिन्छ
कारागारमा शिक्षा पनि अपूर्ण हुन्छ ।

केही कारागारहरूले प्राथमिक शिक्षा प्रदान गर्ने दाबी गर्छन् तर शिक्षकहरू नियमित आउँदैनन् । त्यसमाथि साँघुरा कोठामा पढाइने भएकाले त्यो पनि कठिन हुन जान्छ ।

खेलौना, किताब र खुला मैदान बिना सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको कोरिडोर हेर्दै बच्चा हुर्किन्छ । बाल स्वास्थ्य सेवाको अभावले यी बालबालिकाहरूलाई रोकथाम गर्न सकिने रोगहरू पनि लाग्छन् ।

अधिकारीहरू प्रणालीको बचाउ गर्न तम्सिन्छन् । उनीहरु सबै आवश्यक सुविधाहरू प्रदान गरिएकोमा जोड दिन्छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १ : ३३ बजे

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण