फिलिपिनी राष्ट्रपति मार्कोसद्वारा भारतीय प्रधानमन्त्री मोदीको प्रसंशा « Khabarhub

फिलिपिनी राष्ट्रपति मार्कोसद्वारा भारतीय प्रधानमन्त्री मोदीको प्रसंशा


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण चीन सागरमा विधिको शासन र अन्तर्राष्ट्रिय कानुनको समर्थन गरेको भन्दै फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रसंशा गरेका छन् । दक्षिणपूर्वी एशियाली मुलुकहरुको संगठन आशियानको शिखर सम्मेलनका क्रममा आयोजित आशियान–भारत सम्मेलनका क्रममा राष्ट्रपति मार्कोसले प्रधानमन्त्री मोदीको प्रसंशा गरेका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै मार्कोसले यस क्षेत्रमा विश्वसनीय साझेदारका रुपमा भारतको बढ्दो भूमिकाको चर्चा गरे । इकोनोमिक टाइम्सका अनुसार उनले समुद्री क्षेत्रमा शान्ति र स्थीरता कायम राख्ने भारतको प्रतिबद्धताबारे पनि प्रसंशा गरेका थिए ।

उनले समुद्री र टापु मुलुकको हिसाबमा फिलिपिन्सका लागि समुद्री क्षेत्रमा विधिको शासन महत्वपूर्ण रहेको उनको भनाइ थियो । उनले आशियान र भारत दुबै पक्षले कुनै पनि समस्याकोे शान्तिपूर्ण समाधान गर्नुपर्ने र यसका लागि समुद्री साझेदारी महत्वपूर्ण हुने मार्कोसले बताए ।

उनले फिलिपिन्स आसपासको समुद्रले हिन्द प्रशान्त क्षेत्रमा शान्ति र समृद्धिका लागि योगदान प्रदान गरिरहेको पनि उल्लेख गरे । विधिको शासन र अन्तर्राष्ट्रिय कानुनको समर्थन गरेकोमा उनले प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका हुन् ।

उनले दक्षिणपूर्वी एशियाली मुलुकहरुको नजिकको छिमेकी भएको र विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको भारतले आशियानका लागि धेरै सहयोग पुर्‍याउनसक्ने पनि मार्कोसले उल्लेख गरे ।

पछिल्लो समय दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच तनाव बढिरहेका बेला मार्कोसले यस्तो बताएका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ३ : ५० बजे

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर