एसिसी यु-१९ प्रिमियर कप : शनिबार सेमिफाइनलमा मलेसियासँग भिड्दै नेपाल « Khabarhub

एसिसी यु-१९ प्रिमियर कप : शनिबार सेमिफाइनलमा मलेसियासँग भिड्दै नेपाल


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा हङकङलाई एक सय १९ रनले हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको हो। पहिलो सेमिफाइनलमा नेपालले शनिबार मलेसियाको सामना गर्नेछ। अर्को सेमिफाइनलमा ओमान र यूएई भिड्नेछन्।

बिहीबार दोस्रो जित निकालेको नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो। जितका लागि नेपालले दिएको दुई सय ७१ रनको लक्ष्य पछ्याएको हङकङले ४० ओभर पाँच बलमा सबै विकेट गुमाउँदा १०५ रनमा समेटिएको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ७० रन बनाएको थियो।

यसअघि मंगलबार भएको पहिलो खेलमा नेपालले साउदी अरबियालाई आठ विकेटले हराएको थियो। पहिला ब्याटिङ गरेको साउदीले जितका लागि दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा दुई विकेटको क्षतिमा भेट्टाएको थियो।

नेपालका लागि निरजकुमार यादवले शतकीय पारी खेलेका थिए। उनले ९० बलमा १३ चौका र एक छक्कासहित एक सय १४ रन बनाउँदा निश्चल क्षेत्रीले ६६ र वंश क्षेत्रीले ३० रन थपेका थिए।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ३५ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।