नेपाली बजारमा विशेष अफरसहित बोटका दुई नयाँ स्पिकर सार्वजनिक « Khabarhub

नेपाली बजारमा विशेष अफरसहित बोटका दुई नयाँ स्पिकर सार्वजनिक


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय ब्रान्ड बोटले नेपाली बजारमा विशेष अफरसहित दुई नयाँ स्पिकर सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा ‘पार्टीपाल ३००’ र ‘पार्टीपाल २२०’ मोडेलका स्पिकर सार्वजनिक गरेको हो ।

सार्वजनिक भएका मोडेलमध्ये ‘पार्टीपाल ३००’ मा १२० वाटको आरएमएस सहितको बोट सिग्नेचर साउन्ड उपलब्ध छ । ठूला कार्यक्रम, घरका पार्टी र बाहिरी जमघटका लागि यो स्पिकर उपयुक्त मानिएको छ । यसमा फ्लेम स्टाइलको एलईडी लाइट पनि जडान गरिएको छ ।

यसमा ब्लुटुथ ५.३, अक्स, यूएसबी र टीएफ कार्डको सुविधा उपलब्ध गराइएको छ । यो स्पिकरमा ६ घण्टासम्मको ब्याट्री ब्याकअप पाइने कम्पनीको दाबी छ ।

त्यस्तै ‘पार्टीपाल ३००’ भन्दा केही सानो ‘पार्टीपाल २२०’ स्पिकर पनि कम्पनीले नेपाली बजारमा ल्याएको छ । ८० वाटको आरएमएस आउटपुट दिने यो स्पिकरमा पनि आरजीबी लाइटिङ जडान गरिएको छ । यसमा पनि ब्लुटुथ ५.३, अक्स, यूएसबी र टीएफ कार्डको सुविधा छ । यसले पनि ६ घण्टाकै ब्याकअप दिने दाबी कम्पनीको छ ।

बोट ‘पार्टीपाल ३०० को आधिकारिक बजार मूल्य ३१ हजार ९९९ रुपैयाँ भए पनि अफर अन्तर्गत हाल २८ हजार ४९९ रुपैयाँमा र ‘पार्टीपाल २२०’ को बजार मूल्य २६ हजार ९९९ रुपैयाँ रहेकोमा अफर मूल्य २३ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : २७ बजे

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।