आगामी महिना भारत आउँदैछन् मेस्सी, यी चार सहरमा हुनेछ विशेष कार्यक्रम « Khabarhub

आगामी महिना भारत आउँदैछन् मेस्सी, यी चार सहरमा हुनेछ विशेष कार्यक्रम


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप विजेता अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी आगामी डिसेम्बर मा भारत आउने भएका छन् । उनी आफ्नो ‘गट इन्डिया टुर २०२५’अन्तर्गत भारत आउन लागेका हुन् ।

उनले भारतमा रहँदा चार शहरहरू- कोलकाता, अहमदाबाद, मुम्बई र नयाँ दिल्ली भ्रमण गर्ने तालिका तय भएको छ।

उनले उक्त टुरका क्रममा १३ डिसेम्बरदेखि कोलकाताबाट भारत भ्रमण थाल्नेछन् । त्यसपछि उनी अहमदाबाद, मुम्बई र नयाँ दिल्ली पुग्नेछन् ।

उनको भारत भ्रमणका क्रममा ‘गट कप’ इभेन्ट, फ्यान मीट, फुटबल क्लिनिक, सांगीतिक र मनोरञ्जन कार्यक्रम आयोजना गरिनेछ ।

ठूलो भीड र धेरैको आकर्षण हुने अनुमान गर्दै आयोजकहरूले सुरक्षा र व्यवस्थापनका लागि विशेष तयारी अहिलेबाटै थालेका छन् ।

किन आउँदै ?

मेसीले आधिकारिक रुपमा आफ्नो इन्स्टाग्राम/सोशल मिडियामा भारत भ्रमण गर्ने घोषणा गरेका छन्। उनले भारतलाई ‘एकदम विशेष देश’ भन्दै सन् २०११ पछिको पहिलो भारत भ्रमणका लागि उत्साह व्यक्त गरेका छन्।

‘भारतका फुटबल-प्रेमी दर्शकहरू मलाई याद आइरहेको छ। यस पटक नयाँ पुस्तासँग भेट्न र फुटबल प्रेम बाँड्न चाहन्छु’, उनले भनेका छन् ।

किन महत्वपूर्ण ?

मेस्सीले सन् २०११ पछि पहिलो पटक भारत भ्रमण गर्न लागेका हुन् । लामो समयपछि मेस्सी भारत आउने कारणले फ्यानहरुमा उत्साह छ ।

फुटबल मात्रै नभइ सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम पनि हुने भएकाले उत्साह देखिएको हो । जसले फुटबल, क्रिकेट र बलिउड प्रेमी मात्रै नभई सांगीतिक-मनोरञ्जनप्रेमी समुदायलाई पनि जोड्ने छ ।

फुटबल-क्लिनिक र युवा खेलाडीहरूसँग अन्तरक्रियाले फुटबल विकास र युवा सक्रियताका लागि अवसर दिने विश्वास लिइएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  २ : ४१ बजे

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले