सेनालाई प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा रगत नबगोस्, कोही घाइते नहून् « Khabarhub

सेनालाई प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा रगत नबगोस्, कोही घाइते नहून्


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरेकी छन्।

रक्षामन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेकी उनले उक्त भ्रमणका क्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेनाले गरेको सुरक्षा तयारीबारे जानकारी लिएकी छन्।

भ्रमणका क्रममा सेनाले अहिलेको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी रणनीतिबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरेको छ ।

मतदाताको सुरक्षादेखि लिएर संवेदनशील क्षेत्रको विश्लेषण, समन्वय संयन्त्र र चुनाव सुरक्षामा सेना कसरी परिचालन हुने विषयमा पनि प्रस्तुतीकरण गरिएको छ ।

त्यसपछि प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि बनेको सरकारको पहिलो दायित्व शान्ति–सुरक्षा बहाली रहेको बताइन् ।

उनले निर्धारित मितिमा निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य उद्देश्य रहेको बताइन्। सेनाले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गर्दै उनले विभिन्न निर्देशन दिइन् ।

‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनु हुँदैन’, उनले भनिन् । सुरक्षा संवेदनशीलताका आधारमा समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न पनि उनले सेनालाई सम्झाइन् ।

प्रधानमन्त्रीको निर्देशन :

जनतालाई सुरक्षाको स्पष्ट प्रत्याभूति दिने, प्रहरी कारबाहीलाई सहज बनाउन सहयोग गर्ने र सबै राजनीतिक दलका गतिविधि बिनाअवरोध सञ्चालन हुने वातावरण तयार गर्न कार्ययोजनासहित अघि बढ्नू ।

आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनु हुँदैन । सुरक्षा संवेदनशीलताका आधारमा समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्नू ।

जेन-जी आन्दोलनका क्रममा लुटिएका वा हराएका हातहतियार पत्ता लगाउन, फरार आरोपित पक्राउ गर्न र स्थिति सामान्य बनाउन प्रहरीलाई पूर्ण सहयोग गर्नू ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायत उच्च अधिकारी उपस्थित थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ३ : २५ बजे

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग