मन्त्री घिसिङले गरे बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकका विभिन्न स्थलमा निरीक्षण « Khabarhub

मन्त्री घिसिङले गरे बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकका विभिन्न स्थलमा निरीक्षण


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले गत वर्षको असोजमा अविरल वर्षासँगै आएको बाढी पहिरो क्षति पुर्‍याएको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न स्थानको निरीक्षण गरेका छन् । 

बाढीका कारण त्यस क्षेत्रका सडक एवम पुल, खानेपानी, स्वास्थ्य चौकीलगायतका क्षति पुगेको तर पुनर्निर्माण हुन नसकेको गुनासो आएपछि शुक्रबार मन्त्री घिसिङ सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभागमा महानिर्देशक, सिँचाइ डिभिजनका प्रमुखलगायतको टोली सहित निरीक्षणमा गएका थिए । 

मन्त्री घिसिङले रोशी नदीले क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने बताए ।

अहिलेको सरकारको प्राथमिकता चुनाव गराउने रहेको उल्लेख गर्दै उनले प्रभावकारी सेवा प्रवाह, विपद् प्रभावित क्षेत्रको पुनर्स्थापना एवम् पुनर्निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्न बजेट विनियोजन गरी काम भइरहेको बताए ।

गत वर्षको बाढीपहिरोले रोशी गाउँपालिका–१, २ र ३ र नमोबुद्ध गाउँपालिका–८ र ९ र महाभारत तथा खानीखोला गाउँपालिका जोड्ने फलामेसाँघुको पक्की पुलको दायाँबायाँको सडकमा क्षति पुर्‍याएको थियो । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ३ : ५२ बजे

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवाको लाङटाङ गाउँका स्थानीय बासिन्दाको अझै उद्धार हुन सकेको

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’

काठमाडौं– ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई

काठमाडौं महानगरले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा काम गर्ने 

काठमाडौं– भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी