गुन्डू भन्छ : सात पदाधिकारी ओलीतिर खुले, नेताहरू भन्छन् : त्यस्तो कुरा भएको छैन « Khabarhub

गुन्डू भन्छ : सात पदाधिकारी ओलीतिर खुले, नेताहरू भन्छन् : त्यस्तो कुरा भएको छैन


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओली र उनलाई चुनौती दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेता तानातान सुरू भएको छ।

शुक्रबार अपराह्न नेता तानातानको त्यही दृश्य एकाएक भाइरल हुन पुग्यो । गुन्डूबाट बाहिरिएको सूचनामा एमालेका १८ मध्ये मध्यमार्गी धारमा रहेका सात पदाधिकारी ओलीतिर खुलेको सन्देश समेटिएको थियो ।

शुक्रबार काठमाडौंमा भएको छलफल र बैठकबाट ‘एमालेका ७ मध्यमार्गी पदाधिकारी ओलीको पक्षमा खुले’ भनेर आएका समाचारले थप अर्को विवाद जन्माएको छ। खुले भनिएकै केही नेताले गुन्डूको त्यो प्रयासलाई मिडिया ट्रायल पनि भनेका छन् ।

शुक्रबार काठमाडौंमा बसेको भनिएको बैठकले त्यो निर्णय गरेको भनिए पनि केही पदाधिकारीहरू उपत्यका बाहिरै रहेका छन् ।

बैठकमा भाग लिएका भनिएका ती सात पदाधिकारीहरूमध्ये सचिव रघुवीर महासेठ अहिले जनकपुरमा छन् । अर्की सचिव पद्मा अर्याल बिरामी भएर आराम गरिरहेको खुलेको छ।

त्यसैगरी अर्का सचिव लेखराज भट्ट कैलालीमा रहेको खुलेको छ । शनिबार महाधिवेशन प्रतिनिधि छनोट हुनुअघि गुन्डुले मिडिया ट्रायल गरेको भन्दै पोखरेल पक्षले आपत्ति जनाएको छ।

ती सातजना नेताले सामूहिक निर्णय गरेर अध्यक्ष ओलीतिर खुलेको समाचार बाहिरिएसँगै एमालेभित्रको कलहले नयाँ उचाइ लिएको छ ।

उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल ओलीको पक्षमा खुलेको समाचार आइरहेका सन्दर्भमा केहीले त्यो निर्णय नभएको बताएका छन् ।

जनकपुरमा रहेका सचिव महासेठले छलफल नै नभएको विषयमा सूचना प्रवाह गरिएकोमा आपत्ति जनाएका छन् । उनले अन्य पदाधिकारीहरूसँग यसबारे असन्तुष्टि प्रकट गरेका छन् ।

उता कैलालीको धनगढीस्थित निवासमा रहेका अर्का सचिव भट्टले आफूनिकट कार्यकर्ता र प्रतिनिधिहरूलाई टेलिफोन गरेर भ्रममा नपर्न भन्दै सचेत गराएका छन् ।

उता उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने आफू उपाध्यक्षमा उठ्ने गरी अध्यक्ष ओलीलाई नै साथ दिन तयार भएको बताएका छन् । उनले अहिलेको अवस्थामा ओ‌लीको विकल्प नरहेको बताएका छन् । तर उनले पनि शुक्रबार पदाधिकारीहरूबीच छलफल भएको कुरामा भने अनभिज्ञता प्रकट गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : १० बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा