सेवा प्रवाह गर्न कोशी प्रदेश सरकारबाट सहयोग « Khabarhub

सेवा प्रवाह गर्न कोशी प्रदेश सरकारबाट सहयोग


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको दुहबी नगरपालिकालाई १८ लाख रुपैयाँ बराबरका कार्यालय सामग्री सहयोग गरेको छ । 

प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार एक कार्यक्रम आयोजना गरी ११ प्रकारका सामग्री नगरप्रमुख वेदनारायण गच्छदारलाई हस्तान्तरण गरे । 

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड भएको थियो । कार्यालय सञ्चालनका लागि सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए । 

कोशी प्रदेशका ३० पालिकामा छ करोड १८ लाख रुपैयाँ बराबरका सामग्री हस्तान्तरण हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत दुहबीबाट आज सुरुवात गरिएको हो । आन्दोलनका क्रममा प्रदेशका ४०१ वडा कार्यालयमा क्षति पुगेको थियो । 

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सरकारलाई आएको सहयोग रकमलाई जनताको महत्त्वपूर्ण सेवा प्रवाह गर्ने कार्यालयहरूलाई वितरण गरिएको बताए । 

सरकारले कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस, टेबल–कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्वीच, औषधि तथा प्लास्टिक कुर्सीसहितका सामग्री प्रदान गरेको हो । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : १८ बजे

कोशी र गण्डकीका उच्च भू–भागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ