सात वटा उद्योग र फर्मलाई कारबाहीका साथै निर्देशन « Khabarhub

सात वटा उद्योग र फर्मलाई कारबाहीका साथै निर्देशन


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सात वटा उद्योग र फर्मलाई कारबाही तथा निर्देशन गरेको छ । 

विभागको टोलीले आज ती उद्योग र फर्महरूको अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरेको हो ।

तारकेश्वर–५ गोलढुङ्गास्थित क्रिष्टल स्टोरलाई दुई लाख पाँच हजार रुपैयाँ, काठमाडौँ मनपा–३१ नयाँबानेश्वरस्थित घुम्ती किचेनलाई २० हजार रुपैयाँ, काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित ग्रिन बड्स बेकरी क्याफे प्रालिलाई पाँच हजार रुपैयाँ कारबाही स्वरूप जरिवाना गराएको हो । 

त्यसैगरी, ललितपुर महानगरपालिकाको पुल्चोकस्थित सुमेरु अस्ताल परिसरमा रहेको क्यान्टिन, महालक्ष्मी नपा–१ ललितपुरस्थित किष्ट क्याफेटेरिया, काठमाडौँ मनपा–२९ सिंहदरबारस्थित जीएण्डबी क्याफे, काठमाडौँ मनपा–२७ वीर अस्पतालमा रहेको ग्रुप गुजेश्वरी होटल प्रालि (शाखा)लाई सामान्य निर्देशन दिएको छ । 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : २८ बजे

कोशी र गण्डकीका उच्च भू–भागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ