काठमाडौंमा उत्पादित रायोको सागमा भेटियो झण्डै शतप्रतिशत विषादी  « Khabarhub

काठमाडौंमा उत्पादित रायोको सागमा भेटियो झण्डै शतप्रतिशत विषादी 


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थलगत रुपमा गरेको अनुगमनको क्रममा नागार्जुन ७ स्थित रामकोटको सक्रिय कृषि तथा पशुपन्छी फार्मको रायो सागमा अर्गानोफस्फेट नामको विषादीको मात्रा ९९.५२ प्रतिशत रहेको पाइएको छ । 

विभागको टोलीले सक्रिय कृषि तथा पशुपन्छी फार्मसहित ५ वटा कृषि फर्ममा अनुगमन गरेकोमा उक्त फार्मको रायोको सागमा उच्च मात्रामा विषादी भेटिएकाले उपभोग नगर्न  विभागले आग्रह गरेको छ । 

विषादीको प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानिन्छ । तर पछिल्लो रायोको साग लगायत हरियो तरकारीमा विषादीको मात्रा उच्च देखिन थालेको छ । केही दिन अघि कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा ९९. ०८ प्रतिशत विषादी भेटिएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ०९ बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने