बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र « Khabarhub

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा तयारी अघि बढाएको छ । आयोगले बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । 

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार निर्वाचन कार्यालयभित्रै यही पुस १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी भएको छ । 

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यतर्फ एक महिला र एक खुला गरी दुई सिटका लागि निर्वाचन हुनेछ । सो निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल र प्रदेशसभा सदस्य तथा पालिका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 

निर्वाचन अधिकृतको कार्यालय स्थापन भएपछि पुस १७ गतेदेखि निर्वाचन कार्यतालिका अनुसार अन्य काम अघि बढ्ने उनको भनाइ छ । 

पुस १७ गते अन्तिम मतदाता नामावली प्रकाशन, पुस १८ गते मतदातामा दाबी विरोध र पुस २३ गते उम्मेदवारी मनोनयन दर्ता गरिनेछ । निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन सुरक्षा निकायसँग नियमित समन्वय भइरहेको प्रमुख ढकालले बताए । 

राष्ट्रियसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले सक्रियता बढाएको छ । विभिन्न राजनीतिक दलहरूले उम्मेदवार चयनदेखि चुनावी अङ्कगणितमा जुटेका छन् । 

‘जिल्ला जिल्लाबाट सम्भावित उम्मेदवारको सूची आउने क्रम जारी छ’, नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापतिसमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने, ‘जिल्लाबाट आएका सिफारिस अध्ययन गर्ने र पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ ।’ उम्मेदवार सम्बन्धमा केन्द्रीय समिति सँगसमेत छलफल पश्चात् उम्मेदवारको अन्तिम टुङ्गो लगाइने उनको भनाइ छ । 

एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभार अनुसार नेपाली कांग्रेस बलियो देखिन्छ ।

राष्ट्रियसभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका एक सय १० र पालिकातर्फ दुई सय ३८ गरी तीन सय ४८ मतदाता छन् भने १० हजार तीन ५२ मतभार रहेको छ । 

बागमती प्रदेशमा नेपाली कांग्रेसको प्रदेशसभामा ३७ र स्थानीय तहतर्फ एक सय आठ जना छन् । त्यो अनुसार कांग्रेसको चार हजार १३ मतभार छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीसँग दुई हजार सात सय ३८ मतभार छन् । 

बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुई हजार पाँच सय ७१ मत मतभारसहित तेस्रो स्थितिमा छन् । प्रदेशसभामा १३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको सात सय ८ मतभार छ भने नेपाल मजदुर किसन पार्टीको एक सय ९७ मतभार, हाम्रो नेपाली पार्टीको एक सय छ मतभार र स्वतन्त्रको १९ मतभार छन् । रासस
 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ५६ बजे

आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित

काठमाडाैं । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आज भएको खेलमा

जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ – मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

मध्यविन्दुमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

ट्रम्पले भने : इरानविरुद्धकाे सबै कार्ड अमेरिकाको हातमा छ

वासिङ्टन – इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

स्पोटिफाईको २० वर्षे इतिहासमा सबैभन्दा बढी सुनिने कलाकार बनिन् टेलर स्विफ्ट

काठमाडौं – अडियो प्लेटफर्म ‘स्पोटिफाई’मा सबैभन्दा बढी स्ट्रिमिङ हुने कलाकारको