सांसद डाक्टर शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’  बजारमा  « Khabarhub

सांसद डाक्टर शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’  बजारमा 


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ बजारमा आएको छ । 

गीतमा कलाकार सरोज खनाल र पूर्व मिसनेपाल उषा खड्गीको अभियनय रहेको यो गीतमा डाक्टर शाक्यको स्वर रहेको छ भने संगित डाक्टर अन्जान र इञ्जिनियर सञ्जयको रहेको छ । शब्द सञ्जय शाक्यका रहेका छन् भने देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् ।। 

‘रोज’ ‘बहार’ ‘श्रष्द्रापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य दजर्न बढी कलेक्सन एल्बममा समेत गीत गाराएकी शाक्यले आज भन्दा करीब २२ वर्ष अघि ‘शिरीष’ एल्बम निकालेकि थिइन् । 

त्यसपछि भने विद्यावारिधिको तयारी र व्यवसायिक काममा बढी व्यस्त बनेपछि उनी गीत/संगितको यात्राबाट मोडिएकी थिइन् । करिब २२ वर्षको अन्तरालमा फेरि ‘मेरो गीत भित्र’ म्युजिक भिडियो लिएर शाक्य गीत/संगितको क्षेत्रमा फर्किएकी छन्  । 

‘इजरालयलका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्किएपछि नै मलाई गजल गाउने रहर जागेको थियो । मैले त्यसका लागि मनपर्ने गजलका शब्दहरु खोजेँ तर भनेजस्तो भैरहेको थिएन,’ उनले पुनः गीत/संगितको क्षेत्रमा फर्किने योजनाबारे भनिन्, ‘मेरो श्रीमान (डाक्टर अजयक्रान्ति) मात्रै होइन उहाँको परिवार नै गीत/संगित र सहित्यप्रति बढी रुचि राख्ने परिवार हो । दाई (श्रीमानको दाई) नेपाल टेलिकमबाट अवकाश लिनु भएका इञ्जिनियर सञ्जय शाक्य पनि गीत/संगित भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । म पनि उहाँलाई शब्दहरु कोर्न उत्साह भरिरहन्थे । उहाँलाई राम्रो शब्द कोर्नुभयो भने मलाई तपाईँका शब्दमा संगित भर्ने मात्रै होइन गीत पनि गाउने रहर छ भने उहाँ थप उत्साहित भएर मेहनतका साथ गीतका शब्द कोर्न थाल्नुभयो ।’ 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ५ : १६ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका