बालेन र रवि मिलेपछि जनार्दनसँग कुलमानको सहकार्य, एकै चुनाव चिह्न प्रयोग गर्ने « Khabarhub

बालेन र रवि मिलेपछि जनार्दनसँग कुलमानको सहकार्य, एकै चुनाव चिह्न प्रयोग गर्ने


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सात बुँदे सहमति भएलगत्तै अरू दुई नयाँ शक्ति मिल्ने दिशामा पुगेका छन् ।

नेकपा माओ‌वादी केन्द्र छाडेका जनार्दन शर्मा प्रभाकर र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच चुनावी एकता हुने भएको छ।

तत्काललाई चुनावी सहकार्यका लागि यी दुई दलबीच छलफल भइरहेको र कुरा मिल्ने दिशातिर अघि बढेको खुलेको छ।

यी दुई नयाँ दलबीच एकता गर्नेभन्दा आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर जाने वातावरणका लागि छलफल चलिरहेको एकजना नेता मदन भट्टराईले बताए ।

भट्टराईका अनुसार चार-पाँच दिनयता जारी छलफल एउटै चुनाव चिह्न लिएर जानेमा केन्द्रित छ । यस विषयमा दुई दल सहकार्यनजिक पुगेका छन् ।

यसअघि शनिबार मात्रै कुलमानले काठमाडौं महानगरपालिकाका मेयर साहसँग भेटघाट गरेपछि जनार्दन पक्ष बिच्किएको थियो ।

‘एउटै चुनाव चिह्न लिएर सहकार्य गर्नेबारे छलफल भएको थियो। तर शनिबार काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग कुलमान दाइले भेटेपछि कुरा अगाडि बढेको थिएन । आज पुन: कुराकानी भइरहेको छ’, भट्टराईले खबरहबलाई भने, ‘पार्टी एउटै बनाउने भन्दा चुनाव चिह्न एकै कायम गर्ने दिशामा छलफल चलेकोछ । अरू वैचारिक, सैद्धान्तिक र राजनीतिक सहमति जुट्दै जाला ।’

शनिबार बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले प्रलोपसँग कुराकानी अगाडि बढाउने निर्णय गरेको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

यी दुई पार्टीहरूबीच सहकार्य अघि बढाउने विषयमा नेता सुदन किराती, सन्तोष परियार र कुलमान घिसिङ लगायत संवादमा छन् ।

जनार्दन र कुलमानसहित नेताहरू अहिले पनि छलफलमा छन्। चुनाव चिह्न मात्रै एउटै बनाउने कि पार्टी नै मिलाउनेबारे अहिले कुराकानी भइरहेको छ । स्रोतले भन्यो, ‘मिलेसम्म लिखित सहमति नै गर्ने तयारी भएको हामीलाई सूचना छ।’

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ६ : १४ बजे

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी– पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए

पोखरा– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका

तनहुँका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा 

काठमाडौं– दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ