रास्वपाको समानुपातिक उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदानको समय थपियो « Khabarhub

रास्वपाको समानुपातिक उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदानको समय थपियो


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार छनोटका लागि जारी प्रारम्भिक मतदानको समय थप गरेको छ।

पार्टी सचिवालयले जारी गरेको जरुरी सूचनाअनुसार मतदाताको अत्यधिक चापका कारण तोकिएको समयमा मतदान सम्पन्न गर्न कठिन देखिएपछि प्रारम्भिक मतदानको समय सोमबार बिहान १० बजे सम्मका लागि थप गरिएको हो।

रास्वपाले समानुपातिक उम्मेदवार छनोट प्रक्रियालाई सहभागीमुखी र व्यवस्थित बनाउन प्रारम्भिक मतदान सञ्चालन गर्दै आएको जनाएको छ। समय थपिएसँगै मतदान गर्न छुटेका मतदाताले अब थप समय पाउने भएका छन्।

महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा पार्टी सदस्यहरूलाई थपिएको समयभित्र मतदान प्रक्रियामा सहभागी हुन अनुरोध गरिएको छ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ६ : २२ बजे

क्षितिज थेबेको चुनावी सभामा उपमहासचिव योगेश भट्टराई (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका युवा उम्मेदवार क्षितिज थेबेको चुनावी प्रचारका क्रममा

देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार

डडेल्धुरा – शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत् गगनकुमाार थापाले सभापतिबाट बिदा

परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा

काठमाडौं– राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार

बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

काठमाडौं– नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी

ओलीको दाबी : चुनावपछि देश सम्हाल्ने पार्टी नै एमाले हो

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न