रास्वपाको समानुपातिक उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदानको समय थपियो « Khabarhub

रास्वपाको समानुपातिक उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदानको समय थपियो


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार छनोटका लागि जारी प्रारम्भिक मतदानको समय थप गरेको छ।

पार्टी सचिवालयले जारी गरेको जरुरी सूचनाअनुसार मतदाताको अत्यधिक चापका कारण तोकिएको समयमा मतदान सम्पन्न गर्न कठिन देखिएपछि प्रारम्भिक मतदानको समय सोमबार बिहान १० बजे सम्मका लागि थप गरिएको हो।

रास्वपाले समानुपातिक उम्मेदवार छनोट प्रक्रियालाई सहभागीमुखी र व्यवस्थित बनाउन प्रारम्भिक मतदान सञ्चालन गर्दै आएको जनाएको छ। समय थपिएसँगै मतदान गर्न छुटेका मतदाताले अब थप समय पाउने भएका छन्।

महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा पार्टी सदस्यहरूलाई थपिएको समयभित्र मतदान प्रक्रियामा सहभागी हुन अनुरोध गरिएको छ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ६ : २२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले