आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोक्यो « Khabarhub

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोक्यो


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको अधिकतम सीमा तोकेको छ ।

आयोगले आइतबार जनाए अनुसार, एक उम्मेदवारले कुल ३ लाख ५० हजार रुपैयाँ सम्म मात्र खर्च गर्न पाउनेछन् ।

यो सीमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ को उपदफा (१), राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपदफा (१) बमोजिम कायम गरिएको हो ।

खर्च विभिन्न शीर्षकमा विभाजन गरिएको छ । उम्मेदवारले खर्च गर्दा यी शीर्षकहरूमा मात्र सीमाभित्र रहनुपर्ने आयोगले जनाएको छ।

खर्च शीर्षकखर्च रकम (रुपैयाँ)
१ मतदाता नामावली खरिद९,०००
२ सवारी साधन७०,०००
३ सवारी इन्धन (घोडा र त्यसलाई दानासमेत)९०,०००
४ प्रचार प्रसार सामग्री१४,५००
५ ढुवानी१०,०००
६ गोष्ठी अन्तरक्रिया१,००,०००
७ अन्य प्रचार-प्रसार, छापा एवं विद्युतीय माध्यम१४,५००
८ कार्यालय सञ्चालन७०,०००
९ प्रतिनिधि परिचालन३०,०००
१० विविध३०,०००
जम्मा ,५०,०००

आयोगले उम्मेदवारलाई खर्च गर्दा बैंक खाता प्रयोग गर्न, खर्चको जिम्मेवार पदाधिकारीको नाम उल्लेख गर्न र निर्वाचन सम्पन्न भएपछि ३० दिनभित्र खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ ।

खर्च विवरण निर्वाचन आयोग वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ । यो सीमा उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐनअनुसार कारबाही हुन सक्ने चेतावनी पनि दिइएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : ०० बजे

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको