म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न « Khabarhub

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार निर्माण गरेको करिब पाँच बर्षपछि निर्वाचन प्रक्रियालाई अघि बढाएको छ। घोषित तीन चरणको निर्वाचनको पहिलो चरण आइतबार सम्पन्न भएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेदेखि मतदान सुरु भएको र दिउँसो ४ बजेसम्म मतदान भएको याङ्गुनको क्याउकटाडा शहरको एक मतदान केन्द्रका एक निर्वाचन अधिकारीले बताए ।

मतदान बन्द भएपछि मतदान केन्द्रमा निर्वाचन कर्मचारी, घरेलु र अन्तर्राष्ट्रिय मिडिया, उम्मेदवारहरू र पर्यवेक्षकहरूको उपस्थितिमा, पिथु ह्लुट्टाव (तल्लो सदन), अम्योथा ह्लुट्टाव (माथिल्लो सदन), र राज्य र क्षेत्र ह्लुट्टाव (राज्य र क्षेत्रीय संसद्हरू)का लागि तीन चरणमा मतदान हुनेछ ।

म्यान्मारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्को सूचना दलका अनुसार पहिलो चरणको निर्वाचनको अनुगमन तथा निरीक्षणका लागि अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण टोलीका १३९ सदस्य तथा कूटनीतिक समुदायका प्रतिनिधि सहभागी थिए ।

म्यान्मारको आम निर्वाचन तीन चरणमा हुँदैछ । दोस्रो र तेस्रो चरण क्रमशः जनवरी ११ र जनवरी २५, २०२६ मा निर्धारित गरिएको छ । यस चुनावले राष्ट्रव्यापी ६९२ निर्वाचन क्षेत्रमा उल्लिखित तीन संसदहरूको सिटको लागि प्रतिस्पर्धामा उत्रिएका ५७ राजनीतिक दलका लगभग पाँच हजार उम्मेदवारहरूको भाग्यको फैसला गर्नेछ ।

निर्वाचन आयोगका अनुसार मुलुकभर निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न २१ हजार ५१७ मतदान केन्द्र तोकिएको छ । मतदानका सबै चरण सकिएपछि अन्तिम निर्वाचन परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।म्यान्मारमा पछिल्लो पटक सन् २०२० को नोभेम्बरमा आम निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ८ : ११ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित