रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता « Khabarhub

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह फेरि एकपटक उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग सहकार्यको बाटो खोज्दै संवादमा बसेका छन्।

रास्वपाका एक नेताका अनुसार आइतबार राति काठमाडौं महानगरपालिकाको एक कोठामा उनीहरुबीच पार्टी एकताबारे निर्णायक छलफल भइरहेको बताइएको छ ।

शनिबार राति करिब सात घण्टासम्म चलेको वार्तापछि बालेन र रविबीच सहकार्य गर्ने सहमति भएको थियो । जसमा निर्वाचनपछि सरकार सञ्चालनको भूमिका बालेनले लिने र रविले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो । त्यही छलफलमा नै कुलमानलाई पनि समेट्ने प्रयास गरिएपनि कुलमानले फोन नउठाउँदा सम्भव भएको थिएन ।

कुलमानले आइतबार मात्रै पोखरामा भएको एक कार्यक्रममा सहकार्य गर्न आफूहरु तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ११ : १२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित