बुधबार कुन विदेशी मुद्राको मूल्य कति ? « Khabarhub

बुधबार कुन विदेशी मुद्राको मूल्य कति ?


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ।

यस्तै, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउमा पनि बढोत्तरी देखिएको छ। युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ। त्यस्तै, केही विदेशी मुद्राको भाउ भने स्थिर छ।

राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ १४ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ ७४ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपियाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपियाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ ४६ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ १२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ३२ पैसा र बिक्रीदर ८६ रुपियाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ८६ पैसा र बिक्रीदर ९६ रुपियाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपियाँ १९ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ६३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ८९ पैसा र बिक्री दर ०८ रुपियाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०५ पैसा र बिक्रीदर १९ रुपियाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८३ पैसा र बिक्रीदर ३६ रुपियाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८९ पैसा र बिक्रीदर ३७ रुपियाँ ७७ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०८ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६१ पैसा र बिक्रीदर ३७ रुपियाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४५ पैसा र बिक्रीदर ३१ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५५ पैसा र बिक्रीदर १२ रुपियाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३० पैसा र बिक्री दर १९ रुपियाँ ३९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७३ पैसा र बिक्रीदर १७ रुपियाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपियाँ ९८ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपियाँ ४२ पैसा र बिक्रीदर तीन सय ६८ रुपियाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपियाँ ८१ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ ३६ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण भएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : ५४ बजे

इरानले आफ्ना विमान पाकिस्तान र अफगानिस्तानका एयरपोर्टमा लुकाएको खुलासा

तेहरान- पाकिस्तानले अमेरिका-इरान द्वन्द्वको समयमा इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा

शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न ‘एआई’ को प्रयोग

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क

स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

२१ औँ ओभरमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न